चितवनमा एकै दिन तीन जना काेराेना संक्रमितकाे मृत्यु

१२ भदौ, भरतपुर ।
चितवनमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार मकवानपुर हेटौडाकी ७१ वर्षिया वृद्धा, चितवन भरतपुर २ का ५१ वर्षिय पुरुष र गोरखा आवुखैरेनी १३ का ३८ वर्षको पुरुष गरि तीनको मृत्यु भएको हो ।

होटौडाकी वृद्धाको चितवन मेडिकल कलेजमा, चितवन भरतपुरका पुरुषको पुष्पाञ्जली अस्पतालमा र गोरखा आँवुखैरेनीका पुरुषको भरतपुर अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

हेटौँडाका बृद्धाको कोभिड १९ संक्रमणका कारण भदौ ५ गते देखि मेडिक कलेजमा संघन उपचार कक्षमा उपचार हुँदा हुदै विहान ६ः५० मा मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

Advertisement

यस्तै पुष्पान्जली अस्पतालमा उपचार गराई रहेका भरतपुरको पुरुषको शुक्रवार विहान १० वजे मृत्यु भएको हो । त्यस्तै गोरखा आवुखैरेनीका पुरुषको दिउसो २.३० वजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

चितवन मेडिकल कलेजले ४२ जना संक्रमितको उपचार भैरहेको र त्यस मध्ये २० जनाको अवस्था गंम्भीर रहेको जनाएको छ । यो सँगै चितवनका अस्पतालहरुमा कोभिड १९ कै कारण मृत्यु हुनेको सख्या ८ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

सम्बन्धित समाचार

Scroll to Top