एनआरएनए कतारद्वारा थप ६२७ जना नेपालीलाई खाद्यान्न वितरण

१३ भदौ ७७, शनिबार

योगेन्द्र योगी
१३ भदौ, दोहा ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले एक्काइसाैँ चरणको राहत वितरण गरेको छ । अगष्ट १५ देखि २८ सम्म कतारको विभिन्न ठाउँमा रहेका ६२७ जना नेपाली श्रमिकहरूलाई खाद्यन्न वितरण गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानाकारी दिए ।

Advertisement

विश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ्नाे नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ। यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केही नेपाली नागरिकलाई देखा परेका समस्या समाधानका निम्ति कतार सरकारको पराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालयद्वारा कतार च्यारिटीमार्फत प्राप्त खाद्यान्न तथा कतारमा स्थापित नेपाली संघ संस्थाहरूबाट प्राप्त खाद्यन वितरण गरिएको अध्यक्ष मुसलमानले बताए ।

अहिले एक्काइसौँ चरणसम्म आइपुग्दा एनआरएनए कतारले ७ हजार २ सय १७ जनालाई खाद्यन स्वरूप राहत राहत वितरण गरिसकेको समेत उनले बताए । खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको नम्बरमा सम्पर्क गर्न सकिने उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top