आइपीएल खेल्न यूएई पुगेका चेन्नईका १० जनामा कोरोना संक्रमण

आइपीएल खेल्न यूएई पुगेका चेन्नईका १० जनामा कोरोना संक्रमण

१३ भदौ, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागिता जनाउन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको चेन्नई सुपर किंग्सका १० जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार चेन्नईका सदस्यले गराएको परीक्षणमा एक खेलाडीसहित १० जना टोली सदस्यमा कोरोना संक्रमण देखिएको हो ।

स्रोतका अनुसार बिहीबार गरिएको तेस्रो परीक्षणको नतिजामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै चेन्नईको सबै खेलाडी र टोली सदस्य क्वारेन्टिनमा बस्ने भएका छन् । अब सबै सदस्यको नतिजा नेगेटिभ नआउँदासम्म टोली प्रशिक्षणमा सहभागी हुन पाउने छैन । शुक्रबार पनि टोलीका सबै सदस्यको कोरोना परिक्षण गरिएको छ ।

आइपिएलको कोरोना नियमावली अनुसार हरेक टोलीले यूएई आएपछि अनिवार्य रुपमा तीन पटक परिक्षण गर्नुपर्ने प्रावधान रहेको छ । हरेक टोलीले पहिलो, तेस्रो र पाँचौ दिनमा परिक्षण गर्नुपर्ने उल्लेख गरिएको छ । चेन्नईको टोलीमा कोरोना संक्रमण देखिंदा अन्य केहि टोलीले भने प्रशिक्षण सुरु गरेका छन् । रोयल च्यालेन्जर्स बेंगलोर, किंग्स इलेभेन पन्जाब र राजस्थान रोयल्सले प्रशिक्षण गर्न थालेका छन् । यो टोलीका सबै खेलाडी र सदस्यको कोरोना परिक्षण नेगेटिभ आएको हो ।

चेन्नईले यूएई जानुअघि भारतमै केहि दिन प्रशिक्षण गरेको थियो । त्यसबेला नै कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । चेन्नईको टिममा महेन्द्र सिंह धोनी, सुरेश रैना, अम्बाती रायडु, पियुस चावाला, दिपक चाहर लगायतका खेलाडी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.