अमेरिकामा पठन–पाठन खोलिएपछि पढ्न गएका विद्यार्थीहरु धमाधम संक्रमित

१५ भाद्र, एजेन्सी ।
अमेरिकाका केही राज्यमा विश्वविद्यालय र कलेजमा पठन–पाठन खोलिएपछि पढ्न गएका विद्यार्थीहरु धमाधम संक्रमित हुन थालेका छन्।

महामारीकै बीच कलेज खोजिएपछि ठूलो संख्यामा विद्यार्थीहरु संक्रमित भएको समाचार एजेन्सी रोयटर्सले समाचार सार्वजनिक गरेको छ। विद्यार्थी संक्रमित हुन थालेपछि केही कलेजहरुले फेरि अनलाइन कक्षा चलाउन थालेका छन्। विद्यार्थी नै संक्रमित भएपछि न्यूयोर्क राज्यको विशेष स्वास्थ्य टोली स्टेट युनिभर्सिटी अफ न्युयोर्क जाँदैछ।

त्यहाँ एक सयभन्दा बढी विद्यार्थीलाई कोरोना संत्रमण भएको छ। विश्वविद्यालयका चान्सलरले भने विद्यार्थीहरु भोज र रमाइला गतिविधिमा सहभागी भएकाले उनीहरु संक्रमित भएको तर्क गरेका छन्। जारी कोरोना महामारीको सबैभन्दा खराब असर भोगिरहँदा अमेरिकामा कोरोना संक्रमितको संख्या ६१ लाख नाघेको छ।

मुलुकको मध्यपश्चिम क्षेत्रमा पर्ने कैयौं राज्यहरुमा संक्रमण तीव्र गतिमा फैलिएको छ। आयोवा, नर्थ डकोटा र मिनिसोटामा एकैदिन अहिलेसम्मकै धेरै मानिस संक्रमित भएका छन्। मोटानाका अस्पतालहरु कोरोना संक्रमितले खचाखच भरिएका छन्।

जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म एक लाख ८७ हजारभन्दा धेरै संक्रमितको ज्यान गइसकेको छ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top