भारतमा एकै दिन ८० हजार भन्दा धेरै संक्रमित, ६४ हजार बढिले ज्यान गुमाए

१५ भदौ ७७, सोमबार
Share this
738shares

१५ भाद्र, एजेन्सी ।
भारतमा कोरोना संक्रमितको संख्यामा हरेक दिन रेकर्ड कायम गरिरहेको छ।

Advertisement

यसैक्रममा आइतवार पनि नयाँ रेकर्ड कायम भयो। आइतवारमात्रै ८० हजार ९२ जना नयाँ संक्रमित भेटिएको टाइम्स अफ इन्डियाले जनाएको छ। पछिल्ला पाँच दिनमा लगातार ७६ हजार भन्दा धेरै संक्रमित भारतमा रेकर्ड हुँदै आएको छ। साथै एकै दिन अर्को एक हजार भन्दा धेरैले संक्रमणकै बीच ज्यान गुमाएका छन्।

भारतको महाराष्ट्रमा एकै दिन १६ हजार ४ सय ८ जना नयाँ संक्रमित भेटिएका छन्। यहाँ दोस्रो पटक १६ हजार भन्दा धेरै संक्रमित देखिएका हुन्। नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पहिलो पटक एकै दिन ६ हजार भन्दा धेरै संक्रमित फेला परेका छन्। त्यहाँ ६ हजार २ सय ३३ जना संक्रमित थपिएका हुन्।

Advertisement

यो समाचार तयार पार्दासम्म भारतमा ३६ लाख २१ बढि संक्रमित रहेका छन् । त्यसैगरी यहाँ कोरोना संक्रमणबाट ६४ हजार ६१७ जनाले ज्यान गुमाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top