अस्ट्रेलियामा एकैदिन ४१ जना संक्रमितको मृत्यु

१५ भाद्र, एजेन्सी ।
अस्ट्रेलियाको भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ।

एपीका अनुसार सोमबार भिक्टोरियामा ७३ नयाँ कोरोना संक्रमित पहिचान भएका छन्। कोरोनाको दोस्रो वेभको सामना गरिरहेको भिक्टोरियालाई भाइरसको हटस्पटको रुपमा लिने गरिन्छ। यहाँ संक्रमण बढ्दै गएपछि गरिएको लकडाउन हटाउने प्रस्ताव गरिएको बेला धेरै संख्यामा संक्रमितहरुको मृत्यु भएको हो।

अस्ट्रेलियाभर पहिलोपटक एकैदिन कोभिडका कारण यति धेरै संख्यामा संक्रमितहरुको मृत्यु भएको बताइएको छ। त्यसैले आजको दिनलाई अस्ट्रेलियामा ‘डेडलियस्ट डे अफ प्यान्डेमिक’ भनिएको छ। ६ हप्तादेखि लकडाउनमा रहेको भिक्टोरियामा सेप्टम्बर १३ मा लकडाउन खुकुलो गर्ने प्रस्ताव गरिएको थियो।

संक्रमण बढ्दै गएको अवस्थामा लकडाउन खुकुलो हुने वा हट्ने सम्भावना कम रहेको अधिकारीहरुले बताएका छन्। अस्ट्रेलियामा हालसम्म २५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यी मध्ये ८० प्रति संक्रमित भिक्टोरियामामात्रै रहेको जनाइएको छ। कोभिड संक्रमणका कारण अस्ट्रेलियामा ६५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top