सिएमए/अनमीलगायत स्वास्थ्य शिक्षा कार्यक्रम खारेज गरेकोमा नेविसंघको विरोध

१५ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघले सिएमए र अनमीलगायत स्वास्थ्य शिक्षा कार्यक्रम खारेज गरेकोमा विरोध गरेको छ।

टिएसईई स्तरका उक्त कार्यक्रममा यसै शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना लिन नपाइने चिकित्सा शिक्षा आयोगले निर्णय गरेको थियो।

उपयुक्त विकल्प नदिइकन स्वास्थ्य शिक्षाका १८ महिने कार्यक्रम खारेज गरिएकोमा नेविसंघको ध्यानाकर्षण भएको महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।

यी कार्यक्रमबाट गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादन नभएको भन्दै आयोगले खारेज गरिदिएको थियो।

आयोगको यस्तो निर्णयबाट १२ हजारभन्दा बढी प्रशिक्षार्थीहरू प्रत्यक्ष रूपमा प्रभावमा परेको र भर्नाको मुखमा भर्ना नै लिन नपाइने निर्णय कुनै योजना र खाकाविना गरिएको उनको भनाइ छ।

यस्ता कार्यक्रम सञ्चालन गर्ने संस्थालाई सरकारले स्तरवृद्धि गर्नुपर्नेमा बन्द गरिदिएको निविसंघको आरोप छ।

साथै सिटिईभिटीमा यसअगाडि लिइएको परीक्षाको परीक्षाफल अहिलेसम्म प्रकाशित नभएको नेविसंघको भनाइ छ। डिप्लोमा तहका विद्यार्थीलाई आन्तरिक मूल्यांकनबाट परीक्षा लिनसमेत नेविसंघको माग छ।

आयोगले हालै एक सय ३८ वटा संस्थाका सम्बन्धन खारेज गर्दै सिएमए र अनमीलगायतमा भर्ना लिन नपाउने निर्णय गरेको थियो।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top