मानिसलाई बाँदरसँगै पिँजडामा राखेकोमा न्यूयोर्कको चिडियाखानाले १०० वर्षपछि माफी माग्यो

१५ भदौ ७७, मंगलबार

१६ भाद्र, एजेन्सी ।
बाँदर राख्ने घरमा अफ्रिकी किशोरलाई राखिएको भन्ने समाचारले चर्चा पाएको एक शताब्दीपछि न्यूयोर्कको ब्रंक्स चिडियाखानाले खेद प्रकट गरेको छ।

वाइल्डलाइफ कन्जरभेसन सोसाइटीले सन् १९०६ मा कङ्गोका बेङ्घालाई आफ्नो प्रदर्शनीमा राखिएकोमा माफी मागेको हो। सोसाइटीले यसअघि यो विषयलाई बेवास्ता गर्दै आएको थियो। सन् १९०६ सेप्टेम्बर ९ मा चिडियाखानामा राखिएको दिनदेखि सेप्टेम्बर २८ मा रिहा नहुन्जेलसम्म बेङ्घाको समाचारले युरोप र अमेरिकामा सनसनी मच्चाएको थियो।

‘चिडियाखानाका कर्मचारी’
उक्त प्रकरणलाई सोसाइटीले सय वर्षसम्म ढाकछोप गर्न खोजेको थियो।

Advertisement

उसले वास्तविकभन्दा पनि मिथ्या विवरण दिने वा गलत विवरणलाई पनि वर्षौँसम्म नसच्याएको देखिन्छ। चिडियाखानाबाट सन् १९०६ मा प्राप्त पत्रले बेङ्घा चिडियाघरको कर्मचारी रहेको मिथ्या विवरण खडा गरिएको देखाउँछ। दशकौँसम्म त्यो प्रपञ्चले काम गरेको थियो। सन् १९७४ मा उक्त चिडियाखानाका क्युरेटर विलीयम ब्रिजेजले त्यसबेला के भएको थियो ठ्याक्कै थाहा नभएको दाबी गरेका थिए।

आफ्नो पुस्तकमा उनले लेखेका थिए, “अटो बेङ्घालाई के आश्चर्यजनक वा दुर्लभ जनावर जसरी प्रदर्शनीमा राखिएको थियो ?” चिडियाखानाको पुराना अभिलेख हेर्ने जिम्मा पाएका उनी नै उक्त प्रश्नको सबैभन्दा राम्रो जबाफ दिनसक्ने व्यक्ति थिए। “उनलाई पिँजडामा निश्चित समय प्रदर्शनीमा राख्नु अमिल्दो देखिन्छ,” उनले अभिलेखलाई बेवास्ता गर्दै लेखेका थिए।

Advertisement

भारी हतियारबाट सुसज्जित भएर कङ्गो पुगेर अटो बेङ्घा र अरूलाई बन्धक बनाएर भेर्नरका नातिले सन् १९९२ मा सह–लेखन गरेको पुस्तकमा पनि मिथ्या विवरण दिइएको छ। उक्त पुस्तकमा भेर्नर र बेङ्घाबीच मित्रताको चर्चा गरिएको छ। बेङ्घाले आफूलाई बन्धक बनाउँदा विरोध गरेपनि न्यूयोर्कमा प्रदर्शनमा सहभागी हुँदा खुसी भएको लेखिएको छ।

संरक्षणबारे जनचेतना
केहीले सय वर्षपछिको अपूर्ण माफीपछि अब सोसायटीले यस विषयमा पूर्ण सत्य बाहिर ल्याउनु पर्ने बताएका छन्।

यो प्रकरणले संरक्षण र यसको इतिहासका बारेमा जनचेतना फैलाउने मौका दिने उनीहरू बताउँछन्। उनीहरूले दिएको सुझावमध्ये एउटा सुझाव सोसायटीले आफ्नो शिक्षा केन्द्रको नाम अटो बेङ्घाको नाममा राख्ने रहेको छ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

सम्बन्धित समाचार

Scroll to Top