शेख हसिनालाई प्रधानमन्त्री ओलीको फोन, युरिया मल दिन बंगलादेश सकारात्मक

१६ भदौ ७७, मंगलबार
Share this
676shares

१६ भदौ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आवश्यक रहेको युरिया मल तत्काल दिन बंगालादेश सकारात्मक रहेको बताएका छन् । बंगलदेशकी प्रधानमन्त्री शेख हसिनासँग मंगलबार दिउँसो भएको टेलिफोन कुराकानीमा सकारात्मक जवाफ पाएको ओलीले ट्विटर मार्फत बताएका हुन् ।

Advertisement

ओलीले मंगलबार दिउँसो समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानी गरेका थिए । यसबारे प्रधानमन्त्रीले ट्विटरमा भनेका छन्– ‘प्रधानमन्त्री हसिनासँग दुई देशको हितका विषयमा उपलब्धिमुलक छलफल भयो, नेपालको तत्काल आवश्यकताको लागि माग गरिएको युरिया मलका लागि उहाँ सकारात्मक हुनुहुन्छ ।’

मल ल्याउने ठेक्का पाएको नेपाली ठेकदारले समयमै मल ल्याउन नसकेपछि सरकारले तत्कालको अभाव पूर्ति गर्न बंगलादेशसँग मल पैँचो मागेको थियो । कुटनीतिक माध्यमबाट भएको छलफलमा नेपाललाई तत्काल उपलब्ध गराउन सक्ने गरी ५० हजार मेट्रिक टन मल दिन बंगालदेश सकारात्मक रहेका जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top