मुख्यमन्त्री राउतले भने–‘जनता बाँचे विकास गराैँला, अहिले ज्यान बचाँउ’

१६ भदौ ७७, मंगलबार
Share this
735shares

नितेश यादव
१६ भदौ, जनकपुरधाम ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि आठ वटै जिल्लाहरुबाट प्राप्त सुझावहरु यथाशीघ्र कार्यान्वयन गर्ने बताएका छन् ।

Advertisement

मंगलबार धनुषा र महोत्तरीका सरोकारवालाहरु संग महामारी नियन्त्रणका लागि चाल्नु पर्ने कदमहरु बारे सुझाव लिन बर्दिवासमा सम्पन्न भएको छलफलमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा भइरहेको प्रयास र अगामी दिनमा चाल्नु पर्ने कदमबारे आठै जिल्लाका सरोकारबालाहरुले दिएको सुझावमा कतिपय कार्यान्वयनको चरणमा रहेको र बाँकी यथाशीघ्र पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अहिले महामारीको समयमा लामो गफ होइन काम गर्ने बेला रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले जनता बाँचे पछि मात्र विकास गर्ने भन्दै अहिलेको समयमा जनताको ज्यानको रक्षागर्न हामी सबै एक साथ भएर जुट्नु पर्ने बताए ।उनले भने, ‘जनता बाँचे पछि मात्र विकास गर्ने हो, अहिलेको समयमा जनताको ज्यानको रक्षा गर्न हामी सबै एक साथ भएर जुटौं ।’

Advertisement

बर्दिवासमा संचालनमा आएको पिसिआर ल्याबमा समेत प्रदेश सरकारले आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । बैठकमा समाजिक विकास मन्त्री नवलकिशोर साहले महामारी नियन्त्रणको लागि जनचेतना नै सबैभन्दा ठूलो हतियार बन्ने भएकोले त्यसमा जुट्न आग्रह गरे । कार्यक्रममा पूर्व संघीय स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, बर्दिवास नगरका प्रमुख विदुर कार्की, सोनमा गाउँपालिकाका प्रमुख राजकुमार यादव सहितका पदाधिकारीहरुले धारणा राखेका थिए ।

कार्यक्रममा धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको अवस्थामा अगामी दिनमा चाल्नु पर्ने कदमबारे आ–आफनो जिज्ञासा राखेका थिए । यसअघि प्रदेश सरकारले सरोकारबालाहरु संग सुझाव लिन पर्सा र बाराको पथलैयामा, रौतटह र सर्लाहीको हरिवनमा, सप्तरी र सिरहाको लहानमा छलफल गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top