हतियार देखाएर ब्यापारीसँग रकम असुल्ने गिरोह विराटनगरबाट पक्राउ

१७ भदौ ७७, बुधबार
Share this
707shares

१७ भदौ, विराटनगर ।
विराटनगरमा हतियार देखाएर ब्यापारीसँग रकम असुली गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिराटनगर ४ कंचनवारी एरियाबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ कटहरी २ का २७ बर्षीय अभिषेक राय,२८ बर्षीय रविन शर्मा,२६ बर्षीय किसन साह यसै गरी सप्तरी बोधे बर्साईनका ८ का २७ बर्षीय नन्दकिसोर साह र भारत बिहार राज्य सितामणी घर भएका २७ बर्षीय राजु साह रहेका छन् ।

Advertisement

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार साँझ पक्राउ गरी आज बुधबार पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको हो । पक्राउ परेकाहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, १ थानको ३२ प ७५२५ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीका १६ थान मोवाइल सेट , १ थान चक्कु, कोटक महिन्द्रा नामको भारतिय बैङ्कको २ थान चेक र नेपाली रुपैया १८ हजार २० रुपैया नगद र भारतिय रुपैया ४९ हजार ४ सय ५० समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेको समूहले संगठित रुपमा अपराधिक समूह स्थापना गरी विराटनगरलाई आपराधिक कार्यको स्थल बनाई व्यापारीहरुलाई हतियार देखाई पैसा माग्ने, पैसा नदिए ज्यानै मार्ने समेतको धम्की दिई रकम असुल्ने गरेको अनुसन्धानबाट खुल्न आएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

साथै पक्राउ परेका पाँचै जना माथि हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध सम्बन्धी मुद्दामा कारवाही अगाडी बढाईएको एसपी खड्काले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top