×

NEPAL TIMES UPDATES

Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026

निषेधाज्ञाले सिकायो पाठः घरघरमा करेसाबारी र कौसीखेती

१७ भाद्र २०७७

१७ भदाै, भरतपुर ।

कोरोना सङ्क्रमण फैलिएसँगै जिल्लामा भएको निषेधाज्ञाले घरघरमा तरकारीखेती गर्न प्रोत्साहन मिलेको छ । खाली समय र खाली जमिनको सदुपयोग गर्दै घरघरमा तरकारी खेती गर्न लागिएको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढेको खबरले सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएका छन् । निषेधाज्ञा कति लम्बिने हो पत्तो छैन । यतिबेला कृषि कर्मबाहेकका सबै रोजगारी र व्यवसायका ढोका बन्द अवस्थामा छन् ।

Advertisement
Advertisement

खेतीयोग्य जमिन शहरमा ज्यादै कम छ । जमिनमा घर फलेका छन् तर सबै घरमा कौसी र छत छँदैछन् । हरेक कौसीमा तरकारीलगायत घरका लागि उपयोगमा आउने हरेक प्रकारका तरकारी फलाउन घरमै थुनिएका भरतपुरवासी व्यस्त छन् । अन्य काममा जान नपाएपछि करेसाबारीसँगै घर छेउछाउका बाँझा जग्गा खनेर तरकारी रोप्ने उनीहरुको दिनचर्या बनेको छ ।

भरतपुरको शहरी क्षेत्रमा धान फल्ने फाँटमा घर भरिएका छन् । खेती गर्ने जमिन खासै छैन । कौसी हराभार हुने, आफ्नो घरबारीमा हरियाली देख्न पाइने र आफ्नै बारीको तरकारी टिपेर खान पाइने भएका कारण करेसाबारी र कौसीखेतीमा नागरिकको आकर्षण बढेको हो ।

भरतपुर–१२ की अनिता आचार्य आफ्नो अफिस नियमित नभएपछि तरकारी लगाउन व्यस्त रहेकी छिन् । आफ्नो जग्गा नभए पनि घर छेउको खाली जमिनमा तरकारी लगाएको उनले बताइन् । यतिबेला साग, मुला, धनियाँ, खुर्सानीलगायतका तरकारी लगाएको उनले बताइन् । आफ्नो जग्गा नहुनेले पनि खाली र बाँझो जमिनमा खेती गरिरहेका छन् ।

भरतपुर–११ की चन्द्रमाया पाण्डेले घरको उत्पादनले आफूलाई खुशी मिलेको बताइन् । शहरी क्षेत्रमा बालबच्चालाई फल फलेको देखाउनु पनि ठूलो कुरा हुन थालेको उनले बताइन् । “घरमै तरकारी फलाउँदा आर्थिक बचत भएको छ । बारीमा काम गर्न पाउँदा शरीर स्वस्थ भएको छ”, उनले भनिन्, “चार जनाको परिवारले तरकारीमा दिनको १०० मात्र खर्चिंदा पनि वर्षमा हजारौँ रुपैयाँ खर्च भइरहेको हुन्छ ।” निषेधाज्ञाले बजार बन्द छ ।

आफ्नै बारीमा उत्पादन भएको ताजा र हरियो तरकारी खान पाइएको भरतपुर–२ का यमकली क्षेत्रीले बताइन् । “यसअघि दैनिक तरकारी किन्नुपर्ने अवस्था थियो । अहिले त्यो अन्त्य भएको छ । कहिलेकाहीँ मात्र किन्ने गरेको छु”, उनले भनिन्, “पहिले किनेर खाने गरेका थियौँ, अहिले आफैँ घरमा गर्नुपर्छ भन्ने लाग्यो ।” केही वर्षअघि बाँझो रहेको जग्गा यतिबेला तरकारी खेतीले हरियाली भएको उनले बताइन् । आफ्नो टोलका सबैले घरमै तरकारी लगाइरहेको उनले बताइन् ।

भरतपुरमा करेसाबारी र कौसीखेतीको अभियान शुरु गरेको प्रदेशसभा सांसद विजय सुवेदीले अभियानले स्थानीयलाई तरकारीमा आत्मनिर्भर बनाएको बताए । उनले थोरै जग्गामा पनि आफूलाई पुग्ने तरकारी सबैले गर्न सक्ने सुझाव दिए । “जग्गा नभएका स्थानीयले पनि कौसीमा तरकारी फलाउन सक्छन् । घर अगाडिको खुला भागमा पनि तरकारीखेती गर्न सकिन्छ”, उनले भने, “आफ्नो निर्वाचन क्षेत्रका नागरिक सबैको घरघरमा तरकारी फलेको देख्ने आफ्नो इच्छा रहेको छ ।”

उनले आँफैं पनि घरमा कौसी र करसाबारी खेती गर्दै आएका छन् । “भारतबाट आयातित तरकारीले नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको छ । परनिर्भरता बढाएको छ”, उनले भने, “त्यसको अन्त्य गर्न करेसाबारी र कौसीखेती प्रभावकारी बन्दै गएको छ ।” यो अभियानलाई निरन्तरता दिनसके एक÷दुई वर्षमा भरतपुरवासीले बाहिरको तरकारी किन्नु नपर्ने उनको भनाइ छ ।

अहिले भरतपुरका जग्गा खाली देखिँदैन । आफैं तरकारी फलाउने बानीको समेत विकास भइरहेको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले करेसाबारी र कौसीखेतीका लागि कार्यालयले प्रोत्साहन गरिरहेको बताए । उनले भने, “हामीले जैविक मलमा प्रोत्साहन गरिरहेका छौँ, यसरी तयार गरिएको मलले तरकारीमा किरा लाग्दैन । जैविक मल आफैँ बनाउन सकिन्छ । यसले मल र विषादीको काम गर्छ”, उनले भने, “यसरी उत्पादन गरेको तरकारी पूर्ण स्वास्थ्यकर हुन्छ ।”

करेसाबारी र कौसीखेतीका कारण ताजा र स्वास्थ्यकर तरकारी घरमै उपभोग गर्न पाउने उनले बताए । “कोभिडको महामारीको समयमा यो खेती झन आवश्यक छ”, उनले भने, “घरमै फलाउनसके बजारको भीडभाडमा गइरहनु पर्दैन ।” भरतपुरवासीले घरमै कौसी खेती गर्ने हो भने यसले हरेक घरमा अधिकतम तरकारीको माग पूूरा गर्न सक्छ । यसले घरघरमा विषादीरहित तरकारी उत्पादन, पैसा बचत र वातावरणमा पनि राम्रो असर पु¥याउँछ ।

Advertisement
Advertisement

कोरोना महामारीमा धेरै जनाले छोएको तरकारी किन्नुपर्ने, भिडभाडमा जानुपर्ने जस्ता कारणले सङ्क्रमणको सम्भावना बढी हुन्छ । आफ्नै तरकारी उत्पादन गर्नसक्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न त सकिन्छ नै स्वस्थ तरकारी खाँदा अन्य रोगसँग लड्ने क्षमता पनि विकास हुन्छ ।रासस

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top