७ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

१७ भदौ, काठमाडौँ ।
आफ्नै ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको हो ।पीडितको परिचय खुल्ने भएकाले पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन ।

बालिकाले यौनाङ्ग दुख्यो भनेपछि आमाले उपचारका लागि अस्पताल लगेकी थिइन् । त्यसक्रममा बाबुले पटकपटक बलात्कार गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।

Advertisement

आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालिएको बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top