१९ भदौ, काठमाडौँ ।
मन्त्रालयका एक उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ होम क्वारेन्टाइनमा बसेका छन् ।
मन्त्रालयका उच्च अधिकारीमा गत बुधबार कोरोना पोजिटिभ देखिएको थियो । आज शुक्रबार मन्त्री नेम्बाङसहित मन्त्रालयका अधिकारी, सचिवालयका सदस्य, सुरक्षाकर्मी तथा कर्मचारीको पीसीआर टेष्टका लागि स्वाब सङ्कलन गरिएको मन्त्रीका सञ्चार विज्ञ सन्दिप राईले जानकारी दिए । मन्त्री नेम्बाङ आजको मन्त्रिपरिषद बैठकमा सहभागी भएका थिएनन् ।
मन्त्रालयका केही उच्च अधिकारीले गत सोमबार परीक्षणका लागि स्वाब दिएका थिए । सङ्क्रमित उच्च अधिकारी एक निजी अस्पतालमा उपचारत रहेको बताईएको छ ।