NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग  शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट शुक्रबार अशोज २४ , २०८२
नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै शुक्रबार अशोज २४ , २०८२
विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक शुक्रबार अशोज २४ , २०८२
Next
Prev

समाचार

प्रतिवेदनअनुरुप छ वर्षपछि फेवातालको अतिक्रमण रोकिँदै

सोमवार बैशाख १७ , २०७५
A A
प्रतिवेदनअनुरुप छ वर्षपछि फेवातालको अतिक्रमण रोकिँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

पोखरा, १७ वैशाख ९रासस० ः सर्वोच्च अदालतले आइतबार फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश जारी गरेसँगै २०६९ साल जेठ ३ गते सरकारलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनतर्फ जाने भएको छ ।

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको पालामा २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले प्रतिवेदनमा प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै यही क्रमले फेवाताल खुम्चँदै जाने र संरक्षण नहुने हो भने ७५ देखि एक सय वर्षभित्रमा यसको अस्तित्व नरहने उल्लेख गरेको थियो ।

प्रतिवेदनले फेवातालको एक हजार ६९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको पाइएको उल्लेख गर्दै ९५० जना व्यक्तिको लालपुर्जा खारेज गर्न सिफारिशसमेत गरेको थियो ।

LS Auto

व्यक्तिका नाममा दर्ता भएको यो जमीन खारेज गर्न उच्चस्तरीय समितिले २०६९ साल जेठमा सरकारलाई सिफारिश गरे पनि पाँच वर्ष बितिसक्दासमेत कार्यान्वयन हुन नसकेको थिएन ।

उच्चस्तरीय समितिले ऐतिहासिक रूपमा तालकै जग्गा भए पनि १९९० सालदेखि तिरो तिरी भोगचलन गर्दै आएका ५४० रोपनी जमिनको मुआब्जा दिन सिफारिश गरेको थियो भने फेवाताल संरक्षण क्षेत्रमा पर्ने ३६१ रोपनीमध्ये १६१ रोपनी जग्गाको मुआब्जा दिनुपर्ने र फेवातालको संरक्षण गरिनुपर्ने सुझाव दिएको थियो ।

अतिक्रमणसँगै संरक्षणको अभावमा बर्षेनी ताल पुरिँदै २०३१ सालमा ३३ मिटर गहिरो फेवाताल २०६४ को नापीमा १८ मिटर मात्र गहिरो देखिएको थियो । तालको अतिक्रमण रोक्नु आवश्यक भएको बताउने पोखराका वरिष्ठ पर्यटन व्यवसायी गणेश भट्टराई तालको जग्गा दर्ता गराउनका लागि घूस खुवाउने र खाने दुवैलाई सरकारले कारबाही गर्नुपर्ने बताउँछन् ।

“भूमाफियाहरूले सुनियोजित रुपमा गरिएका तालका जग्गाको दर्ता बदर हुनुपर्छ,” उनले भने, “वर्षौंदेखि तिरो तिर्दै भोगचलन गर्दै आइएका जग्गाका हकमा भने राज्यले न्यायोचित सम्बोधन गर्नु आवश्यक छ ।”

सर्वाेच्चले उच्चस्तरीय समितिले दिएको प्रतिवेदनअनुसार फेवातालको क्षेत्रको समेत निर्धारण गर्दै फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश दिएको छ ।

त्यस्तै बनाउन लागिएको पार्क रिसोर्टले फेवातालको जग्गा अतिक्रमण गरेकाले त्यसलाई रोक्नु भन्ने रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मालपोत, नापी, वातावरण विभागजस्ता सम्बन्धित कार्यालयका प्रतितिनिधि गएर जाँजबुझ गरी प्रतिवेदन पेश गर्न सरकारलाई भनेको छ ।

यसअघि कास्की जिल्ला परिषद्को २०६४ साल असार १५ गते र पोखरा उपत्यका नगर समितिको २०६४साउन २८ गतेकोे बोर्ड बैठकले तालको वरपर ६५ मिटर संरक्षण क्षेत्र कायम गर्ने गरी गरेको निर्णयलाई कार्यान्वयन गर्नसमेत सवोच्चको आदेशमा भनिएको छ ।

पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवातालमा भइरहेको अतिक्रमण रोक्नका लागि सर्वोच्चले गरेको आदेश स्वागतयोग्य भएको बताउने पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोमबहादुर थापा अतिक्रमण रोक्ने नाममा वषौँ देखि तिरो तिरेका वास्तविक जग्गाधनी भने मारमा पर्न नहुने धारणा राख्छन् ।

“फेवाताल हाम्रो साझा सम्पत्ति हो, यसलाई बचाउनु सबैको कर्तव्य हो,” उनले भने “गैरकानूनी तवरबाट भएको ताल अतिक्रमण रोक्नु आवश्यक छ, वास्तविक जग्गाधनीका हकमा भने उनीहरूले सही मूल्याङ्कनका आधारमा मुआब्जा पाउनुपर्छ ।”

फेवातालबारे सरकारलाई एक शक्तिशाली उच्चस्तरीय समिति बनाएर तालका सबै विषयमा अध्ययन गर्न पनि आदेशमा भनिएको छ ।

यस्तै वसुन्धारा पार्कबाट विश्व शान्ति स्तुपासम्म जाने गरी बनाउन लागिएको केबुलकार दिगो विकासभन्दा बाहिर पर्ने भन्दै त्यसलाई रोक्नसमेत सर्वोच्चले आदेश दिएको छ भने फेवाताललाई विश्व सम्पदा सूचीमा राख्नका लागि तयारी थाल्न आदेशमा भनिएको छ ।

फेवाताल पोखराको मात्र नभएर समग्र नेपालकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएका कारण यसको संरक्षण सबैको साझा चासोको विषय बन्नुपर्ने नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले बताए । २०१८ सालमा १० वर्गकिलोमिटरमा फैलिएको फेवाताल २०६४ मा केन्द्रीय नापी विभागले गरेको सर्भेअनुसार ४।२० वर्गकिलोमिटरमा सीमित बन्नाका साथै तालको गहिराइ पनि घटेको पाइएको छ ।

प्रत्येक वर्ष वर्सातमा आउने बाढीका कारण पुरिँदै गएको फेवाताल मानवीय अतिक्रमण समेतको शिकारमा परेका अवस्थामा अतिक्रमण रोक्दै संरक्षणका लागि सर्वोच्चले सरकारलाई गरेको आदेशलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
रासस

लोकप्रीय

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२

विचार

थप समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै
खेलकुद

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै

शुक्रबार अशोज २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.