पत्नीको हौसलाले कोरोना सङ्क्रमित बोकिरहेछन् जङ्गबहादुर

२० भदौ ७७, आइतबार

२० भदाै, झापा ।

भनिन्छ, हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ । कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका झापाका एक एम्बुलेन्स चालक जङ्गबहादुर खड्काका लागि पनि पत्नी लक्ष्मी खड्काबाट प्राप्त हौसला ऊर्जा बन्ने गरेको छ ।

गत जेठ २२ गते उनले पहिलोपल्ट मेचीनगर–४ स्थित क्वारेन्टिनबाट कोभिड–१९ का एक सङ्क्रमितलाई एम्बुलेन्समा हाँकेर विराटनगरको कोभिड हस्पिटल लगेका थिए । “शुरुमा रोग सर्ने पो हो कि भन्ने निकै डर लागिरहेको थियो, यस्तो जागिर छाड्ने पो हो कि जस्तो गरी मनमा अनेक कुरा खेलिरहेको थियो”, हालसम्ममा एक सयभन्दा बढी सङ्क्रमित व्यक्तिलाई एम्बुलेन्समा हाँकेर अस्पताल पु¥याइसकेका उनले भने, “त्यतिबेलै श्रीमतीको फोन आयो, उनले तपाइँ एउटा एम्बुलेन्स चालक हो, अप्ठ्यारोमै सहयोग गर्नुपर्छ । आफू सुरक्षित रहेर काम गर्नु केही हुँदैन भनेपछि मन हलुका र ढुक्क भयो ।”

मेचीनगर नगरपालिका–९ निवासी ४५ वर्षीय जङ्गबहादुर खड्का नगरपालिकाले कोरोना सङ्क्रमित बोक्नका लागि तोकेको मे१झ १३८ नंको एम्बुलेन्सका चालक हुन् । उनले जेठ २२ गतेयता कोभिड अस्पताल विराटनगर, गोठगाउँ, धरान र मेची अस्पताल गरी ११५ जना सङ्क्रमितलाई उपचारका लागि पु¥याइकेका छन् । उनले भने, “सेवा नै धर्म हो, यस्तो महामारीको बेला सहयोग गर्नु मानवको कर्तव्य हो म त्यही पूरा गर्दैछु ।”

जङ्गबहादुरकी पत्नी लक्ष्मी खड्का सामान्य गृहिणी हुन् । कोरोना बोक्ने एम्बुलेन्स ड्राइभरको पत्नी भनेर अरूले ‍औँल्याउने गरे तापनि लक्ष्मीले आफ्ना श्रीमान्लाई कोरोनाको विश्वव्यापी महामारीका बेला सेवा गर्ने जिम्मेवारीबाट पन्छिन नहुने भन्दै हौसला थप्दै आएकी छिन् । “जब जब कोरोना सङ्क्रमितलाई बोकेर एम्बुलेन्स चलाइरहेको हुन्छु, त्यसबेला मलाई श्रीमतीले भनेको कुराले आत्मबल बढिहाल्छ”, उनले भने ।

सङ्क्रमितलाई एम्बुलेन्समा चढाउँदा र ओराल्दा अपनाउनुपर्ने स्वास्थ्य सावधानी आफूले राम्ररी पालना गरेको बताए । सङ्क्रमितलाई बोक्न थालेयता तीन महिनादेखि उनी घर पनि गएका छैनन् । कहिलेकाहीँँ घर छेउसम्म पुगेर टाढैबाट परिवारका सदस्यसँग बोलचाल गरी फर्किने गरेको उनले बताए ।

नगरपालिकाले उनलाई स्यानिटाइजर, गमबुट, मास्क, पञ्जा, फेस सिल्डलगायत सामान उपलब्ध गराउँदै आएको छ । धुलाबारी स्वास्थ्य केन्द्रको दरबन्दीवाहक एम्बुलेन्स चालक भएको हुँदा उनी कार्यालयले व्यवस्था गरेको कोठालाई क्वारेन्टिन बनाएर बस्दै आएका छन् । जुनसुकै समय र अप्ठेरो परिस्थितिमा समेत सङ्क्रमितलाई अस्पताल पु¥याउन बोलाउनासाथ तयार भएर खटिने उनको स्वभावबाट आफू प्रभावित भएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले बताए ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top