धनुषामा थपियो निषेधाज्ञा, सब–स्टेशनको सुरक्षा गर्न सेनाको माग

२१ भदौ ७७, आइतबार

२१ भदौ, जनकपुरधाम ।
धनुषामा थप एक साताका लागि निषेधाज्ञा बढाइएको छ ।

Advertisement

जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार आइतबार राति १२ बजे सम्मका लागि जारी गरिएको निषेधाज्ञालाई आगामी भदौ २८ गते राति १२ बजे सम्मका लागि बढाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टराईको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको छ ।

त्यस्तै, बैठकले ढल्केवर मुजफ्फरपुर प्रशारण लाईन ४ सय केभीमा सञ्चालन भई ढल्केवर ४ सय केभी सब–स्टेशन पनि निकट भविष्यमा सञ्चालनमा आउने हुँदा विद्युत आदानप्रदानको दृष्टिकोणले अति महत्वपूर्ण सब–स्टेशन हुने साथै उक्त स्थानमा विद्युत प्राधिकरणको ठूला लगानी र धेरै सम्पत्ति भएकाले ढल्केवर सब–स्टेशनमा नेपाली सेना राखी आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध शाखामा माग गरि पत्राचार गर्ने निर्णय समेत गरिएको भट्टराईले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top