निषेधाज्ञाका बीच तानियो रातो मच्छिन्द्रनाथको रथ (फोटो फिचर)

२१ भदौ, काठमाडौँ ।
रातो मच्छिन्द्र्रनाथको रथ आज (आइतबार) दिउँसो तानिएको छ । रथ रहेको स्थान ललितपुरको पुल्चोक देखि केही पर सोह्रखुट्टे पाटी सम्म तानिएको हो । परम्पराअनुसार पुल्चोकबाट गाःबहाल क्षेत्रमा रथ पु¥याउनुपर्छ । तर यस वर्ष कोभिड १९ महामारीका कारण रथलाई केही पर सम्म मात्रै तानिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।

महर्जतले कोभिड महामारीको कारणले गर्दा रथ यात्रामा परिवर्तन गरिएको बताए । रथलाई ६÷७ किलोमिटर सम्म (बुङमती) नपु¥याई अलिकपत तानेर टुङ्ग्याउने योजना अनुसार आइतबार तानिएको महर्जनले बताए । उनले भदौ २६ गते उपयुक्त साइतमा रातो मत्स्येन्द्रनाथको मुर्तिलाई अवतरण गराई बुङ्मति लगिने कार्यक्रम तय भइसकेको बताए । त्यसको चार दिन पछि भदौ २९ गते विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने पनि उनले बताए ।

Advertisement

यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने आयोजना हुने छैन । रथ तान्ने कार्यक्रमका लागि ४ सय ३४ जना सहभागि भएका थिए । जसमध्ये १ सय ६० जना रथ तान्नका लागि, १ सय २४ जना स्वयंसेवक, करिब ३० जना बाजागाजा बनाउने र ज्यापु समाजका पदाधिकारी गरि करिब साडे तीन सय जना मानिसहरु रथ तान्ने कार्यक्रममा भेला भएका थिए । प्रहरीले कार्यक्रम स्थललाई चारै तर्फबाट घेरा हालेर सुरक्षा दिएको थियो । गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना रथ तान्न थालेपछि विवाद भएको थियो । यस्तै रथ यात्रा गर्न शुक्रबार क्षमा पूजा समेत गरिएको थियो ।

Advertisement

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top