इन्द्रजात्राः क्षमापूजाको प्रसाद शीतलनिवासमा, धार्मिक विधि पूरा

२१ भदौ ७७, सोमबार

२२ भदाै, काठमाडाैँ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौथीका दिनसम्म मनाइने इन्द्रजात्राको फूलप्रसाद राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लगिएको छ ।

इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालेपछि राष्ट्राध्यक्षले श्रीकुमारीको दर्शन गर्ने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण क्षमापूजा गरी फूलप्रसाद राष्ट्रपति कार्यालयमा लगिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिए ।

Advertisement

भाद्र शुक्ल चतुर्दशीदेखि साेमबारसम्म धार्मिक कृत्य गरिने सबै मठमन्दिरमा क्षमापूजा गरी विधि पूरा गरेर फूलप्रसाद राष्ट्रपति कार्यालयमा लगिएको बताइएको छ ।

जात्राका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा देखाइने लाखे, दश अवतारलगायत नाच पनि यस वर्ष हुन सकेन । इन्द्रजात्रामा हनुमानढोका दरबार क्षेत्रमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको पूजा गरी रथयात्रा गरिने प्रचलन थियो । राजधानीका हजारौँ मानिस हनुमानढोका दरबार क्षेत्रमा उपस्थित भएर एक हप्ताभन्दा लामो समय इन्द्रजात्रा पर्व मनाउँथे ।

Advertisement

भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौथीका दिनसम्म हनुमानढोका क्षेत्रका टोलटोलमा घुमाइने रथयात्रामा घरघरबाट पूजा सामग्री ल्याई चोकचोकमा पूजाराधना गरिन्थ्यो । गणेश, कुमारी र भैरवको रथ घुमाइने यात्रा यस वर्ष स्थगन गरिएपछि इन्द्रसहित तीनै देवताको पूजाराधना घरघरमै गरिएको छ ।

विसं १८२५ मा इन्द्रजात्राकै अवसर पारेर गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा आक्रमण गरेको ऐतिहासिक तथ्य छ । त्यस वर्षसमेत इन्द्रजात्राको रथयात्रा रोकिएको थिएन । यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाडपर्व मनाउँदा भीडभाड नगर्ने निर्णय गरेको थियो । यस वर्ष रातो मच्छिन्द्रनाथको जात्रासमेत साेमबारदेखि मात्र शुरु भएको छ ।

भाद्र शुक्ल द्वादशी अर्थात् भदौ १४ गते बिहान ७ः०७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले इन्द्रध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमापूजा गरेको थियो ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन । समितिले भदौ ४ गते इन्द्रजात्राको लिङ्गोका लागि रुख काट्ने साइत राति ९ः२५ बजेको दिएको थियो ।

भदौ ३ गते काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि लिङ्गो नकाटिएको संस्थानले जनाएको छ । इन्द्रजात्रा राजधानीका नेवार समुदायले महत्वका साथ मनाउने गरेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top