भदौ २६ गते नेकपा स्थायी कमिटी बैठक बोलाउने सहमति

२२ भाद्र, काठमाडौँ ।
नेकपाले स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने भएको छ ।

नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले साउन १३ गते स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिएका हुन् । सोमबार बिहान बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति गरिएको पनि थापाले बताएका छन् ।

असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटक(पटक स्थगित हुँदै आएको थियो ।

Scroll to Top