सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ, समूह चरणमा खेलैपिच्छे विकेट

२२ भदौ ७७, मंगलबार

२३ भदाै, काठमाडाैँ ।

सीपीएलको समूह चरणको सबै खेलहरु आइतबार राति सम्पन्न भएको छ । सीपीएलमा सहभागी ६ वटै टोली प्रत्येकले दश दश वटा खेल खेलेका थिए । सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द भयो । उक्त खेलमा सन्दीपले बलिङ गर्न पाएनन् । बाँकी नौ वटा खेलमा भने उनले खेलैपिच्छे विकेट लिए । सन्दीपको बलमा विपक्षी खेलाडीहरुले खुलेर रन बनाउन सकेनन् । उनले प्रत्येक खेलमा निकै किफायती बलिङ गरे । सन्दीपले समूह चरणका खेल सम्पन्न हुँदासम्म नौ खेलमा १२ विकेट लिए ।

जमैकाले समूह चरणमा स्तरीय खेल प्रदर्शन गर्न नसके पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल देखाए । जमैका समूह चरणका १० खेलमध्ये तीनमा जीत तथा ६ वटामा हारका साथ ७ अङ्क बटुल्दै अङ्क तालिकाको चौथो स्थानमा खुम्चियो । यद्दपी सन्दीपले भने जमैकाका लागि कसिलो बलिङ गरे ।

Advertisement

सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा एक विकेट लिएका थिए । उक्त खेलमा उनले चार ओभरमा २३ रन खर्चिएका थिए । सो खेल जमैकाले ५ विकेटले जित्यो । यस्तै दोस्रो खेलमा समेत सन्दीपले एक विकेट लिएका थिए। उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको उक्त खेलमा ४ ओभरमा ३० रन दिएका थिए ।

उक्त खेल राइडर्सले सात विकेटले जितेको थियो । गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिए । उनले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिए । उक्त खेलमा उनले हालसम्मकै उत्कृष्ट खेल देखाएका थिए । तर सो खेलमा जमैका १४ रनले पराजित भयो ।

Advertisement

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिए । गुएना अमेजन वारियर्सविरुद्धको उक्त खेलमा उनले चार ओभरमा मात्र १२ रन खर्चिए । सो खेलमा जमैका पाँच विकेटले विजयी भयो । यस्तै पाँचौ खेलमा सन्दीपले दुई विकेट लिएका थिए। बार्बाडोस ट्राइडेन्ससितको सो खेलमा उनले ४ ओभरमा १६ रन दिए । सो खेलमा जमैका ३६ रनले पराजित हुन पुग्यो ।

यस्तै सेन्ट किट्स विरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिए। सो खेलमा उनले चार ओभर बलिङ गर्दै २७ रन खर्चिए । उक्त खेलमा जमैका ३७ रनले विजयी भयो । सातौँ खेलमा सन्दीपले एक विकेट लिए । ट्रिनबागो नाइट राइडर्सविरुद्धको सो खेलमा उनले चार ओभर बलिङ गर्दै २० रन दिए । सो खेलमा ट्रिनबागोले जमैकालाई १९ रनले पराजित गरेको थियो ।

यस्तै सेन्ट किट्स विरुद्धको आठौँ खेलमा सन्दीपले जमैकाका लागि बलिङ गर्न पाएनन् । उक्त खेल वर्षाका कारण रद्द भएको थिरयो । तर नवौँ खेलमा भने सन्दीपले एक विकेट लिन सफल भए । बार्बाडोस ट्राइडेन्स विरुद्धको सो खेलमा उनले चार ओभर बलिङ गदै २६ रन दिए । उक्त खेलमा जमैका सात विकेटले पराजित हुनपुग्यो ।

समूह चरणको अन्तिम खेलमा सन्दीपले निकै किफायती बलिङ गरे । सेन्ट लुसिया विरुद्धको खेलमा उनले चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिनुभयो । तर उनको टोली जमैका भने उक्त खेलमा ११ रनले पराजित भयो ।

सन्दीपको टोली जमैकाले आज सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । उक्त खेलमा हालसम्मको खेल प्रदर्शनको आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै छ । जमैकाले बलिङ लाइन सन्दीप माथि निर्भर रहने गरेको छ । उनले विपक्षी खेलाडीलाई खुलेर रन बटुल्न दिएका छैनन् ।

सन्दीप र अफगानिस्तानका युवा खेलाडी मुजिबउर रहमानले जसरी जमैकालाई बलिङमा साथ दिँदै आएका त्यसैगरी ब्याटिङ लाइन बलियो भएमा जमैकाले सेमिफाइनलमा जित्न सक्ने अनुमान गरिएको छ ।

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सीपीएल खेलिकेका छन् ।

पहिलो पटक सन् २०१८ मा उनलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले सन् २०१९ मा सन्दीपलाई ७० हजार डलरमा अनुबन्ध गरेको थियो ।

सीपीएल सकिएपछि सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युनाइटेड अरब इमिरेटस् (युएइए) जानेछन् । यस यामको आईपीएल कोरोना महामारीका कारण भारतमा आयोजना नभएर युएईमा हुँदैछ ।

सन्दीपले आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्नु हुनेछ । उनी दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित भए ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top