चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

२३ भदौ ७७, मंगलबार

२३ भदाै, चितवन ।

Advertisement

पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट साेमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वषीइय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव साेमबार दिउँसो भेटिएको हो ।

उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सो पोखरी सामुदायिक वनमा घाँस काट्न गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमण पछि उनको टाउको र खुट्टा मात्रै फेला परेको छ ।

Advertisement

घटना स्थलबाट दुई किलोमिटर पश्चिम जङ्गलमा उनको टाउको र खुट्टा भेटिएको उहाँले जानकारी दिनुभयो । घटना भएको जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली हात्ति सहित घटना स्थलमा पुगेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top