Nepal Times
Nepal Times
3
Shares

चर्चित तेलुगु कलाकार जयप्रकाश रेड्डीको हृदयघातका कारण निधन

चर्चित तेलुगु कलाकार जयप्रकाश रेड्डीको हृदयघातका कारण निधन

२३ भदौ, एजेन्सी । साउथ इण्डियन तेलुगु चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातका कारण निधन भएको छ ।

रेड्डीको मङ्गलबार ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मङ्गलबार बिहान उनी बाथरुममा लडेको अवस्थामा भेटिएका उनका परिवारका सदस्यले बताएका छन् ।

उनले तेलुगु चलचित्रमा छुट्टै स्थान बनाएका छन् । रेड्डी हास्य र चरित्र अभिनेतासँगै खलनायकको पात्रमा लोकप्रिय छन् । आन्ध्र प्रदेशको गुन्टरमा बस्दै आएका उनले ‘ब्रह्मपुत्रुदू’ चलचित्रबाट फिल्मी करियर सुरु गरेका थिए ।

उहाँका ‘समरासिंह रेड्डी’, ‘उथामपुथिरन’, ‘प्रेमिचुकुन्दाम रा’, ‘गब्बर सिंह’, ‘चेन्नेकेशवरेड्डी’, ‘सीतय्या’ लगायत चलचित्र लोकप्रिय छन् । उनको निधनप्रति टलिउडसँगै बलिउड कलाकारले समवेदना प्रकट गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.