×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

दूरसञ्चारको विकास र विस्तार भयो, अब क्षमता वृद्धिमा लगानी आवश्यक

२५ भाद्र २०७७

२५ भदाै, काठमाडाैँ ।

नेपालको दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकाले त्यसलाई थप व्यवस्थित गर्दै आगामी दिनमा थप सुविधाका लागि लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र लकडाउन अगाडिको तुलनामा अहिले डेटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकोले अब ‘कन्टेन्ट’ मा लगानी बढाउन आवश्यक भएको उनीहरुको भनाइ छ ।

Advertisement
Advertisement

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘कोभिड–१९ महामारीमा दूरसञ्चार क्षेत्रले खेलेको भूमिका, प्रभाव र अबको बाटो के हुने विषयक श्रव्यदृश्य अन्तरक्रियामा सहभागी वक्ताहरुले ई–लर्निङदेखि श्रव्य दृश्य बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले क्षमताको विस्तार र सुधारमा जानु आवश्यक भएकामा जोड दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले लकडाउनकै समयमा पनि अफवाह फैलाउने खालका कार्य गरेकोले केही अनलाइनलाई प्रेस काउन्सिलको सहकार्यमा बन्द गराएको, साइवर निर्देशिका कार्यान्वयनमा ल्याएको तथा ई शिक्षा प्याकेजमा प्राधिकरणले काम गरिरहेको बताए ।

कोभिड– १९ को समयमा सेवा प्रदायक कम्पनीहरुको सक्रियताका कारण ग्राहकको गुनासो अपेक्षाकृत रुपमा नआएको उनको अनुभव छ । कोभिडका कारण डाटा उपभोग सहरी क्षेत्रमा अत्याधिक बढेको र ग्रामीण क्षेत्रमा सम्पर्ककै समस्या रहकोले डिजिटल डिभाइडको समस्या बढेर जाने आशङ्का समेत बढेको छ । ग्रामीण दूरसञ्चार विज्ञ पवन शाक्यले शहरको तुलनामा गाउँमा ‘केनेक्टिभी र कन्टेन्ट’ दुवैको अवस्था दयनीय रहेको बताए ।

‘शहरमा सेवा छनोटको अवसर छ, कन्टेन्टमा पनि खोज्न र बुझ्न सक्ने जनमानस धेरै छ । अब ग्रामीण क्षेत्रमा केन्द्रित गर्नुपर्ने अवस्था आएको छ’, उनले भने, ‘यदि ग्रामीण क्षेत्रको सेवामा ध्यान दिन सकिएन भने भोलिका दिनमा गाउँ र सहरमा थप समस्या पैदा हुन्छ ।’

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले सम्पर्क सञ्जालको विस्तारका सवालमा कर्णाली प्रदेश, हिमाल र उच्च पहाडी भेगमा प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरञ्चार कोष परिचालन गरी सेवा विस्तारमा सहजीकरण गरिनुपर्ने बताए । धेरै बस्ती भएको क्षेत्रमा सेवा प्रदायकले आफैँ सेवा विस्तार गर्ने भएकाले अप्ठयारो स्थानमा सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।

उनले कोषको रकम ग्रामीण क्षेत्रकै लागि भनेर सबै सेवा प्रदायकबाट आम्दानीको दुई प्रतिशत रकम जम्मा गर्ने गरकोले सो रकम निर्धारित काममै खर्च गर्नुपर्नेमा जोड दिए । एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले कोभिडपछि ग्राहकमा सेवा लिने प्रवृत्ति परिवर्तन भएको बताए । डेटा सेवा प्रयोग बढेको भन्दै अब एनसेलले यसमा लक्षित गरी आफ्ना कार्यक्रम ल्याउने तयारी गरेको उनले जानकारी दिए ।

पछिल्लो प्रविधि फाइभ जीमा पनि केही सकारात्मक प्रविधिको विकासलाई नेपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने खालको संकेत उनले गरे । उनले कोभिडका समयमा सरकारसँग नजिक रहेर काम गरेको तथा सहयोग रकम समेत उपलव्ध गराएको बताए । उनले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत स्कुलशिक्षा, स्वास्थ्य सामाग्री, कोभिड सम्वन्धी जनचेतना, अग्रस्थानमा बसेर काम गर्नेलाई सिमकार्ड वितरण लगायतका काम गरेको सुनाए ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले लकडाउनमा इन्टरनेट व्याण्डविथ खपत ४० प्रतिशत सम्म वृद्धि भएको भन्दै उपभोक्ताको रुची र प्रयोग फेरिएको बताए । पछिल्लो समयमा चर्चित बनेको सामाजिक सञ्जाल टिकटकले सेवा प्रदायकलाई व्याण्डविथ व्यवस्थापनमा धौ धौ परेको भन्दै यसमा केही सोच्न पनि नियामक निकायसमक्ष आग्रह गरे।

Advertisement
Advertisement

यसमा प्राधिकरणका निर्देशक रोयले राज्य र उपभोक्तालाई टिकटकले के दियो, यसको प्रयोग गर्दा र नगर्दा वा नेपालमा प्रवेश गरेर सिधै सेवा दिने सम्बन्धमा अध्ययन गरिरहेकाले छिट्टै केही ठोस निर्णय लिने बताए ।रासस

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top