प्रहरी थुनामा रहेका युवकको मृत्यु, आफन्तद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

२६ भदौ ७७, शनिबार

२७ भदाै, कैलाली ।

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा शुक्रबार मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

चोरी मुद्धामा यही भदौ २२ गते पक्राउ परेका धनगढी उपमहानगरपालिकाका १९ वर्षीय रोशन बिकको शुक्रबार प्रहरीको थुनुवा कक्षमा मृत्यु भएको थियो ।

Advertisement

युवकले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपसम्शेर जवराले बताए । मृतकका आफन्तले भने प्रहरीको कुटपिटबाट बिकको मृत्यु भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले दिएको विवरणका आधारमा थुनुवा कक्षभित्रै बिकले आत्महत्या गरेकोसम्बन्धी समाचार दिनेश एफएमले प्रसारण गरिएको थियो । युवकले आत्महत्या गरेकोसम्बन्धी समाचार प्रसारण गरेको भन्दै एफएमका सह–सम्पादक जनक विष्टमाथि कार्यालयमा पुगेको एक आक्रोशित समूहले आक्रमण गरेको छ ।

समाचार प्रसारणको विषयलाई लिएर सञ्चारकर्मीमाथि भएको आक्रमण घटनाको नेपाल पत्रकार महासंघलगायत पत्रकारसम्बद्ध सङघ तथा सङ्गठनले विरोध जनाउँदै आक्रमणकारीमाथि कारवाही गर्न माग गरेका छन् ।रासस

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top