विदेशमा हजारौं नेपाली भोकभोकै बस्न बाध्य, तत्काल उद्धार गर्न माग

२६ भदौ ७७, शनिबार

२७ भदौ, दोहा ।
साउदी, यूएई लगायतका देशहरुमा हजारौं नेपालीहरु टिकट काट्न नसक्दा भोकभोकै बस्न बाध्य भएको भन्दै नेपाल मजदुर एकता समाजले नेपाल सरकारको गम्भिर ध्यानर्कषण गराएको छ ।

Advertisement

समाजले विज्ञप्ति जारी गर्दै सरकारले व्यवस्था गरेको चार्टर फ्लाइटमा ऋण खोजेर स्वदेश फर्किन सक्ने श्रमिकहरु स्वदेश फर्किएपनि स्वदेशबाट समेत सहयोग मगाएर टिकट काट्न नसक्ने हजारौं श्रमिक अहिलेसम्म पनि विदेशी गल्लीमा भोकैतिर्खै छट्पटाईरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

रोजगार गुमाएका, भिसा अवधि सकिएका, स्वास्थमा समस्या सिर्जना हुन पुगी अस्वस्थ भएका तथा अन्य विभिन्न कारण स्वदेश फर्किन नपाएका श्रमिकहरु आजसम्म पनि अलपत्र अवस्थामै रहेकाले तत्काल उद्दारको माग गरिएको समाजले जनाएको छ ।

Advertisement

अलपत्र श्रमिकहरुलाई उनीहरुको वास्तविक अवस्थाको पहिचान गरी जतिसक्दो चाँडै निशुल्क स्वदेश फर्काउन तथा बाध्यतावस क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था भएको खण्डमा नेपाल सरकारले राज्यकोष अथवा अन्य कुनै वैकल्पिक श्रोतहरुको खोजी गरी सहज रूपमा स्वदेश फर्किने वातावरण बनाउन समेत नेपाली मजदुर एकता समाज माग गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top