प्रदेश १ मा थप ३ जनाको मृत्यु, विराटनगरमा ४६ सहित ७७ संक्रमित थपिए

२७ भदौ,विराटनगर ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरंगको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

प्रदेश १ मा आज शनिबार ७७ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ४६ जनामा संक्रमण देखिएको छ । २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरंगको बुढीगंगामा ५ महिला ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचमा १ महिला, सुनसरीको इटहरीमा २ महिला ६ पुरुष, इनरुवा र धरानमा २–२ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६९६ पुगेको छ ।

Advertisement

प्रदेश १ मा आज शनिबार ३६ जना डिस्चार्ज भएका छन् । कालि सदन आईसोलेसन विराटनगरबाट २०, बैजनाथपुर आईसोलेसन विराटनगरबाट ९, मारवाडी सेवा सदन आईसोलेसनबाट ४ र कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको छ ।

प्रदेश १ मा आज शनिबार १ हजार २१२ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये २९ महिला र ४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हाल सम्म १ लाख ६ हजार ९८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top