जनकपुरमा फेसबुकमा फोटो राखेको विषयमा झडप, ७ राउण्ड अश्रुग्यास प्रहार

२७ भदौ,जनकपुरधाम।
जनकपुरमा दुई समुदायबीच झडप हुँदा प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा झडप भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन सात राउण्ड अश्रु ग्यास प्रहार गरेको हो ।

केही दिनअघि सकिएको मुस्लिमहरूको मोहरम्म पर्वसम्बन्धमा सामाजिक सञ्जालमा कोही व्यक्तिले फोटो हालेर टिप्पणी गरेको विषयमा दुबै पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

दुबै पक्षबीचको झडप उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्नु परेको डीएसपी मिश्रको भनाइ छ । देवपुरा रुपैठा नजिकै रहेको फुलगामा चौकीबाट पुगेको सई नेतृत्वको टोलीले स्थिति नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली त्यहाँ पठाइएको थियो ।

झडप साम्य पार्न घटनास्थलमा ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।अहिले अबस्था सामान्य भएको छ भने विवाद मिलाउन दुबै पक्षबीच छलफल भइरहेको जनाइएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top