झापाका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ

२७ भदौ ७७, आइतबार

२८ भदौ, झापा । झापाका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का १८ बर्षीय बिशाल लिम्बु र मेचीनगर नगरपालिका-१२ का २३ बर्षीय राजन श्रेष्ठलाई ८ दशमलव ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका-१३ ईलाम रोडबाट शनिवार दिउँसो ३ बजे पक्राउ गरेको हो ।

मे. ४ प. ७७२६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त परीणामको लागुऔषध बरामद भएको थियो ।

यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-१ का २१ बर्षीय संदिप धिमाल, २३ बर्षीय आकाश राई र अर्जुनधारा नगरपालिका-७ का १९ बर्षीय आषिश राईलाई १४ ग्राम लागुऔषध ब्राउनसुगर सहित अदुवा पुल छेउबाट शनिवार दिउँसो ४ बजे पक्राउ गरेको छ ।

पुल छेउमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा उक्त स्थानमा पुगेको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरेको हो ।

यस्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४ केजी ५८ ग्राम नियन्त्रीत लागुऔषध गाँजा सहित माङसेबुङ गाऊँपालिका-६ ईलाम घर भई दमक नगरपालिका-१ बस्ने २६ बर्षीय अर्पण राईलाई पक्राउ गरेको छ ।

आफ्नै कोठाबाट लागुऔषध गाँजाको कारोवार गर्ने गरेको भन्ने बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नियामानुसार राईको कोठा खानतलासी गर्दा उक्त परिणामको लागुऔषध गाँजा बरामद गरेको थियो ।

कोठाबाट लागुऔषध बरामद भएसंगै राईलाई समेत नियन्त्रणमा लिनुका साथै पक्राउ परेका सबै जना उपर कानूनी कारवाही तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top