नेपालमा चिया तथा कफीको अब थप अनुसन्धान हुने

२८ भदौ ७७, सोमबार

२८ भदौ, काठमाडौँ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषदबीच चिया कफी क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चिया कफी क्षेत्र विकासका लागि लागि अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी देशको आर्थिक समृद्धि हासिल गर्ने कार्यमा योगदान पु¥याउने समझदारीपत्रमा आइतबार हस्ताक्षर भएको हो ।

देशका हावापानी सुहाउँदो चिया तथा कफी उत्पादन तथा प्रशोधन प्रविधिको विकासका लागि अनुसन्धान गर्ने, उच्च गुणस्तर भएको, धेरै उत्पादन दिने र रोगकिरा सहनसक्ने नेपाली चिया कफीको नयाँ जात उन्मोचनका लागि अनुसन्धान गर्ने विषय समझदारीपत्रमा उल्लेख छन् ।

यस्तै चिया तथा कफी विकासमा देखा परेका र भविष्यमा देखा पर्न सक्ने रोग, उत्पादन र उत्पादकत्व लगायत समस्या समाधानका लागि अध्ययन गर्ने, चिया तथा कफी विकासका लागि आवश्यक पर्ने विभिन्न ज्ञान, अनुभव, अनुसन्धानका लागि उपलब्धि, विधि र प्रविधिको विकास, नवप्रवर्तन जैविक, आनुवंशिक भौतिक रसायनिक भौगोलिक, जलवायु तथा वातावरणीय तथ्याङ्कहरुको डिजिटल डाटाबेस बनाउने र प्रकाशन गर्ने विषयमा पनि समझदारी भएको छ ।

Advertisement

यस्तै जलवायु परिवर्तनले नेपालको चिया तथा कफी उत्पादनमा आएका र आउन सक्ने समस्या र त्यसको न्यूनकिरणक लागि अध्यय गर्ने, अध्ययन, अनुसन्धान, तालिम र दक्ष जनशक्ति उत्पादन तथा उच्च शिक्षा नवप्रवर्तन र क्षमता विकासका कार्यक्रलाई उपयोगी, प्रयोगात्मक बनाउन सहकार्य गर्ने विषयमा समझादारी भएको हो ।

Advertisement

बोर्डका तर्फबाट कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराई र परिषदका तर्फबाट कार्यकारी निर्देशक डा. दिपक भण्डारीले हस्ताक्षर गरेको सम्झौतामा दुबै पक्षले आफ्नो वार्षिक कार्यक्रम मार्फत बजेटको व्यवस्थापन गर्ने सहमति पनि भएको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top