नेपाल क्रिकेटमा नयाँ अभ्यास, पदाधिकारीका लागि विज्ञापन आह्वान

२८ भदौ ७७, सोमबार

२८ भदौ, काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान)ले भदौ १८ गते विज्ञापन गर्दै मुख्य प्रशिक्षक लगाएत विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । २१ दिनको म्याद राखेर खुल्ला गरेको दरखास्तबाट आह्वान गरेका पदाधिकारी नियुक्त भए क्यान चलाउने नयाँ प्रयासको थालनी हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले भदौ १८ गते अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसि) सँग समन्वय गरे विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । यो पहिलो भने होइन । यस अघि प्रमुख कार्यकारी अधिकृत र प्रशिक्षकको हकमा पनि दरखास्त आह्वान गरेको थियो । अहिले आह्वान गरेको दरखास्तमा मुख्य प्रशिक्षकसँगै विभिन्न प्राविधिक कर्मचारीहरु महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकका लागि पनि खुला प्रतिस्पर्धामा लगिएको छ । नेपाली क्रिकेटलाई आईसिसि मापदण्ड अनुसार अगाडि बढाउन दरखास्त आह्वान गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

Advertisement

दरखास्त धेरैपदमा भएपनि अधिकांशको चासो मुख्य प्रशिक्षकमा परेको छ । यद्यपि अन्य पद पनि क्रिकेट सञ्चालनका लािग उत्तिकै महत्वपूर्ण छन् । सर्वाधिक चासो रहेको मुख्य प्रशिक्षकको लागि क्यानले स्वदेशी तथा विदेशी नागरिकले आवेदन दिन सक्ने ब्यवस्था गरेको छ । अन्य प्राविधिक कर्मचारीको पदमा भने नेपाली नागरिक हुनु पर्ने बताएको छ । विज्ञापनमा उल्लेख भए जस्तै सबै खाले मापदण्ड पूरा हुने पूर्व प्रशिक्षक जगत टमाटा भने आवेदन दिने या नदिनेमा अझै अनिश्चित छन । जगतका अलावा राजु बसन्यात, शेरे लामा र बिनोद दास लगाएतका केहीले लेभल थ्री कोर्श पूरा गरेका छन् । केहीसँग बाहेक सबैसँग सर्टिफिकेट छैन । उनीहरुको सर्टिफिकेट आउनै बाँकी छ । अध्यक्ष चन्दले तोकिएको मापदण्ड पूरा भएका नेपाली प्रशिक्षक अहिले सम्म पाउन सक्ने अवस्था नभएकाले संघको प्रशिक्षकमा विदेशी व्यक्तिनै आउन सक्ने सम्भावना उच्च रहेको बताए ।

त्यसैले पनि राष्ट्रिय पुरुष तथा महिला क्रिकेटको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका टमाटाले इच्छा देखाएमा फेरिपनि प्रशिक्षकमा आउन सक्ने सम्भावना बलियो देखिन्छ । प्रशिक्षकमा जो आएपनि नेपाली क्रिकेटको साखलाई जोगाउन विगतको भन्दा माथिल्ले स्तरको प्रशिक्षणको खाँचो भने पक्कै छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top