प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार मौलायो: ट्रान्सपरेन्सी इन्टरनेशनल

२८ भदौ, काठमाडौँ ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाएको छ । खुद्रे मुद्धाहरु बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रणको डंका पिटेपनि प्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचारका काण्डहरु घटेको ट्रान्सपरेन्सी ईन्टरनेशनलको आरोप छ ।

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेपछि ट्रान्सपरेन्सी ईन्टरनेशनलले यस्तो आरोप लगाएको हो । न्यूज एजेन्सी नेपालसँग आज कुराकानी गर्दै ट्रान्सपरेन्सी ईन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीको ओठे प्रतिवद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरु संरक्षित भएको बताए । बालुवाटार जग्गा प्रकरण, सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उहाँको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि हुने उनको भनाई छ ।

‘‘भ्रष्टाचारको मुल भनेको राजनीतिक नेतृत्व तह हो । तलका खुद्रा, मसिनालाई रोकेर भ्रष्टाचार नियन्त्रण हुने होइन । यो सम्बन्धमा प्रधानमन्त्रीले बेला बखत म भ्र्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न । शून्य सहनसिलता अपनाउँछु भन्नु भयो तर व्यवहार मा त्यो उतार्न सक्नु भएन । उहाँको भ्रष्टाचार विरुद्धको बोली ओठे प्रतिवद्धता मात्रै देखियो कार्यान्वयनमा देखिएन । त्यसो होइन भने बाुवाटार जग्गा प्रकारणमा आफ्नो महासचिवलाई कुनै गल्ति गरेको छैन भनेर जोगाउनुभयो । सेक्युरेटी प्रिन्टिङ प्रकरणमा लेनदेनको अडियो सार्वजनिक हुँदा पनि मन्त्रीले कुनै गल्ति गरेको छैन भनेर ढाकछोप गर्नुभयो । ओम्नीलाई कानून विपरित एक मन्त्रीको सल्लाहकारले रातारात दिएको ठेक्का कानून विपरित छ । यसमा सुरुमै साँठगाँठ भएर कमिसन खाने नियतले ओम्नी सहमूलाई ठेक्का दिएको देखिन्छ । त्यसमा आदेश दिने उपप्रधानमन्त्री, मन्त्रीको समेत कुनै संलग्नता छैन भनेर उहाँले कसरी भन्न सक्नुभयो ?’’ उनले भने, ‘‘उहाँ (ओली) अख्तियार त होइन उहाँ न्यायाधीश त होइन । प्रधानमन्त्रीको बोलाइ र गराइमा एक रुपता देखिएन । उहाँका नजिक रहेका राजनीतिक र कर्मचारी तहमा भएका मानिसहरुले जति लुटेपनि हुन्छ । हामीले प्रधानमन्त्रीबाट वा सरकारबाट संरक्षण पाउँछौँ । यसमा अख्तियारको पनि केही चल्दैन भन्ने कुरा देखियो ।’’

Advertisement

अध्यक्ष रेग्मीले अख्तियार प्रमुख समेत सरकारको नीति निर्देशन अनुसार काम कारिन्दाका रुपमा परिचित हुँदै गएको बताए । अख्तियारका पछिल्ला कदमहरुले अख्तियारको औचित्य छ की छैन भनेर शंका उब्जाएको उनको भनाई छ । ठूला भ्रष्टाचारका मुद्दाहरु ‘तामेली’ मा राख्दै जाने प्रवृतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको औचित्य समाप्त हुने उनको चिन्ता छ । उनले राजनैतिक नेतृत्व तहको संलग्नता र नीतिगत निर्णयका नाममा हुने ठूला भ्रष्टाचारका मुद्दामा केन्द्रित रहेर भ्रष्टाचारीहरुमाथि निर्मम कारवाहीको प्रकृया अगाडी बढाउनुपर्ने बताए । आयल निगमको जग्गा खरिद प्रकरण, वाईडबडी जहाज खरिद प्रकरण, न्यारोबडी जहाज खरिद प्रकरण, नेपाल ट्रष्टको जग्गाहरु यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेश खरिद सम्बन्धमा तत्कालिन मन्त्रीको अडियो प्रकरण र स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अनियमितता सम्बन्धी प्रकरणका मुद्दाहरुमा अविलम्ब अनुसन्धान प्रकृया सम्पन्न गरी दोषिहरु कारवाही गर्नुको सट्टा फाइल तामेलीमा राखेर बन्द राखेको प्रति उनले दुःख व्यक्त गरे ।

दोषिहरु उपर कडा सजायको मागदावी गरी मुद्दा दायर गर्नुपर्नेमा उल्टै माहामारीको मौका छोपेर गुपचुपमा अर्बौ रुपैयाँ भन्दा बढि रकम हिनामिना गर्ने गराउने व्यक्तिहरुलाई उन्मुक्ति दिनेगरी मुद्दाको फाइल गरिएको प्रति ट्रन्सपरेन्सी इन्टरनेशनलले ध्यानकर्षण समेत गराएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top