धनुषामा फोहोरकाे विषयमा दुई समुदायबीच झडप

२८ भदौ ७७, सोमबार

२८ भदौ, जनकपुरधाम ।
धनुषामा फेरि दुई समुदायबीच झडप भएको छ। झडपमा परी दुई दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् । धनुषाको नगराईन नगरपालिका–७ नवटोलीमा आइतबार शिव मन्दिरमा फोहोर फालिएको विषयलाई लिएर दुई समुदायबीच झडप भएको हो ।

नवटोलीमा रहेको दुधहा पोखरीको डीलमा श्री नवनेश्वर नाथ महादेव मन्दिर निर्माणका लागि गरिएको शिलान्यास स्थलमा आइतबार मुस्लिम पक्षधरहरुले फोहोर फालेको विषयमा विवाद भएको हिन्दु पक्षधरहरुले बताएका छन् । यद्यपि मुस्लिम पक्षधरहरुले दुई महिलाबीचको विवादलाई साम्प्रदायिकताको रंग दिइएको आरोप लगाइएको छ । यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले दुधहा पोखरीको डीलमा मन्दिर निर्माण गर्न नदिने मुस्लिम पक्षधरले अडान लिएपछि विवादको श्रृजना भएको जानकारी दिए ।

दुवै पक्ष बिचको झडपलाई प्रहरीको टोलीले शान्त पारेको र अहिले गाउँमा फेरि अप्रिय घटना हुन नदिनका लागि ३० जनाको प्रहरी टोलीले गस्ती दिइरहेको उनले जानकारी दिए । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीले गस्ती गरिरहेको छ । यता दूवै पक्ष बिच भएको ढुङगा हानाहानमा दुवै पक्षका २ दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

Advertisement

ढुङ्गा लागेर हिन्दु समुदायका विनय कुमार यादव, राकेश यादव, कृष्णा यादव, सरोज यादव, संजय साफी, मकेश यादव, निभा ठाकुर घाइते भएको स्थानीयको भनाइ छ । त्यस्तै मुस्लिम समुदायबाट जुमैदा खातुन, मैमुन खातुन, मोबारक नदाफ, गुलाम नदाफ, तस्लिम नदाफ, हसिना खातुन, हस्मत खातुन, मुमताज नदाफ, जमाहिर नदाफ, समसुद्दिन नदाफ घाइते भएका छन् । घाइतेहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । यसअघि शनिबार पनि जनकपुरधामको रुपैठामा दुई समुदायबीच दाहाको विषयलाई लिएर झडप भएको थियो ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top