सिन्धुपाल्चोक पहिरो अपडेटः हालसम्म १३ जनाको शव फेला, अझै १८ बेपत्ता

२९ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ भिरखर्क र नाकुचेमा गएको पहिरोमा पुरिएकामध्ये थप दुई जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार सोमबार बिहान थप दुई जनाको शव फेला परेको हो ।

भिरखर्कका २२ वर्षीय कुमार विक र २१ वर्षीय सोनिया विकको सोमबार शव फेला परेको हो। उनीहरूको शव परिवारले बुझिसकेको डिएसपी सापकोटाले बताए।

Advertisement

योसँगै सिन्धुपाल्चोकमा गएको पहिरोमा पुरी मृत्यु हुनेको संख्या १३ पुगेको छ भने अझै १८ जना बेपत्ता छन् ।

आइतबार मृत्यु हुनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ६० वर्षीया सर्किनी नेवार, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक र ८ वर्षीय सन्देश विक छन्।

Advertisement

त्यस्तै, ६५ वर्षीय धनलाल नेवार, ६० वर्षीय हिरामाया नेवार, ९८ वर्षीय ल्याक्सी शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, ५ वर्षीया सरस्वती विक र २५ वर्षीय करण बहादुर श्रेष्ठ छन्।

त्यस्तै, डिएसपी सापकोटाका अनुसार ६ जनाको भने आइतबार जीवितै उद्धार गरिएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेको छ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top