विराटनगर ः दमक गोल्डकप फुटबल प्रतियोगिता झापामा सुरु भएको छ । उद्घाटन खेलमा अाज झापा–११ र मदन भण्डारी स्पोर्टस् एकेडेमीबीच प्रतिस्पर्धा हुँदैछ ।
झापा गोल्डकपको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका छन् ।
वैशाख २८ सम्म सञ्चालन हुने सो प्रतियोगितामा विजेताले १३ लाख ५१ हजार रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । गोल्डकपमा आयोजक दमक–११, रमपम झापा–११, मदन भण्डारी स्पोर्टस् एकेडेमी, रूपन्देही–११, मनाङ मस्र्याङ्दी क्लब, रुस्लान थ्रीस्टार क्लब, सरस्वती क्लब, विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लब सहभागी छन् ।
गोल्डकप सम्पन्न गर्न एक करोड ३६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।