×

NEPAL TIMES UPDATES

Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026

सिन्धुपाल्चोकमा पहिरोबाट दुई महीनामै ७४ जनाको मृत्यु, अझै ४१ बेपत्ता

३० भाद्र २०७७

३० भाद्र, सिन्धुपाल्चोक ।
निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले यो वर्ष धनजनको ठूलो क्षति भएको छ।

दुई महिनायता मात्रै ७४ जनाले ज्यान गुमाएका छन्। अझै ४१ जना बेपत्ता छन् । गएको आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा १४ जनाको मृत्यु भएको छ। १७ जना अझै बेपत्ता छन्। गएको ३० साउनमा सिङ्गो गाउँ नै पुरिने गरी गएको लिदी पहिरोमा परी ३६ जनाले ज्यान गुमाए। सो पहिरोमा परी दुई जना अझै हराइरहेका छन्।

Advertisement
Advertisement

त्यस्तै गएको १९ साउनमा मेलम्ची नगरपालिका–११ को कभर्डहल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा नौ जनाले ज्यान गुमाए। मेलम्ची खानेपानीको गेट फुट्दा खोलाको बेगले दुई जनालाई बगाएको थियो। तीमध्ये एक जना हालसम्म पनि हराइरेहका छन्। एक जनाको तत्काल उद्धार गरिएको थियो।

सोही दिन पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा पहिरोमा परी एक दम्पतीले ज्यान गुमाएका थिए। १ साउनमा भोटेकोशी गाउँपालिका–४ फूल्पिङमा पहिरोमा पाँच जना पुरिएका थिए। लामो प्रयासपछि मात्र उनीहरुको शव फेला परेको थियो ।

यस्तै २४ असारमा गएको पहिरोले बाह्रबिसे नगरपालिकामा ठूलो क्षति पुर्यायो । बाह्रबिसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउने गरी गएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ जना अझै हराइरहेका छन्। सोही दिन भोटेकोशी गाउँपालिका–४ बुलकुटेमा एक जनाको बाढीले बगाएर ज्यान गयो।

२२ असारमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ र ९ मा गएको पहिरोले दुई जनालाई बगाएको थियो। एक जना अहिलेसम्म बेपत्ता छन्। पहिरोमा परी जिल्लाभर अहिलेसम्म १३० घर पूर्णरूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

पहिरोका कारण जोखिममिा परेका बाह्रबिसे नगरपालिकाका एक हजार ४४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उनले बताए। यस्तै भोटेकोशीमा ८७५, जुगल गाउँपालिकामा ४०८, मेलम्ची नगरपालिकामा १४३, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ६६ घरधुरीलाई सार्नुपर्नेछ।

Advertisement

ढकालका अनुसार हेलम्बुमा ६७, चौतारा साँगाचोकगढी नगरपालिकामा २८, सुनकोशी गाउँपालिकामा ८४, लिसङ्खुपाखर गाउँपालिकामा ४८, बलेफी गाउँपालिकामा ७४ र त्रिपुरासुन्दरी गाउँपालिकामा १७ घर पनि स्थानान्तरण गर्नुपर्ने छ।(रासस)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top