केरुङमा अड्किएका कन्टेनर छुटाउन व्यवसायीको हारगुहार

३० भदौ ७७, मंगलबार
Share this
780shares

३० भदौ, काठमाडौँ ।
व्यवसायीहरुले कोभिड १९का कारण केरुङ नाकामा एक हजार भन्दा बढी कन्टेनर रोकिएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरुले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सहित मन्त्रालयका अधिकारीहरुलाई भेट गरी केरुङ नाकामा रोकिएर बसेका मालबस्तु सहितका कन्टेनर ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

Advertisement

महासंघका अध्यक्ष नरेश कटुवालले केरुङ नाकामा १० महिना देखि मालबस्तु रोकिएर बसेको भन्दै छिटोभन्दा छिटो कुटनीतिक पहल गरी नेपाल ल्याउने व्यवस्था मिलादिन मन्त्री भट्टसमक्ष माग गरे । त्यस्तै लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपर्ने अवस्था हुँदा व्यवसायीहरुसँग बैंकको ब्याजदर र घरभाडा तिर्न सक्ने क्षमता समेत नभएकाले समय थप गर्ने व्यवस्था मिलाइदिन समेत व्यवसायीहरुले माग गरेका छन् । त्यस्तै व्यवसायीहरुसँग मासिक भ्याट तथा राजश्व तिर्ने पैसा समेत नभएकाले तिर्ने समय अवधि थप गरिदिन अध्यक्ष कटुवालले माग गरे ।

Advertisement

व्यवसायीहरुको भेटमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीहरुले राखेका माग जायज भएकाले मन्त्रालयले सम्बन्धित ठाउँहरुमा पहल गर्ने बताए । पुनरकर्जा उपलब्ध गराउने विषयमा अर्थमन्त्रालयसँग कुरा गर्ने उनले बताए । त्यस्तै केरुङ र तातोपानीमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले कुटनीतिक पहल सुरु गरिसकेको समेत उनले बताए ।

लकडाउनपछि व्यवसाय सञ्चालन गर्न चालु पूँजी समेत नभएकाले बिना धितो न्यूनतम पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन समेत व्यवसायीहरुले माग गरेका छन् । कोभिडको असर उद्योगमा मात्रै नभएर व्यापार व्यवसायमा समेत परेकाले पुनरकर्जाको सुविधा आफुहरुले समेत पाउनुपर्ने माग व्यवसायीहरुको छ । दुई अघिमात्रै ब्यवसायीले केरुङ नाकामा रोकिएका एक हजार भन्दा बढी कन्टेनर नेपाल ल्याउन पहल गरिदिन भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top