×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

३१ भाद्र २०७७

बझाङ : २१ भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरका कुनै सदस्यले गल्ती पो गरिहाले कि भन्ने सोचेर उनले बाहिर निस्कन हिम्मत पनि गरिनन् ।

तर, प्रहरीको नम्र बोली र व्यवहारले उनलाई प्रहरी टोली नजिक जान बाध्य बनायो । जब प्रहरी टोलीबाट सहयोगको याचना सुनिन्, उनको मन नै भाउन्न भयो । र, मनमनै सोचिन्– सरकारी कर्मचारी, त्यसमा पनि प्रहरीको यो अवस्था छ भने हामी जस्ताको त हिसाब नै हुँदैन ।

Advertisement
Advertisement

भएको के रहेछ भने, सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी टोली २० भदौको रात भोकभोकै सुत्नुपरेपछि एकाबिहानै रुप्सीको घरमा खाद्यान्न पैँचोका लागि पुगेको रहेछ । हुन त उनीसँग पनि घरमा प्रशस्त खाद्यान्न थिएन । मनकारी रुप्सीले प्रहरीको भोको पेट देख्न सकिनन् । आफूसँग भएको दुई कट्टा चामलमध्ये एक कट्टा चामल प्रहरीलाई दिइन् ।

यहाँ कार्यरत प्रहरीले खाद्यान्नको अभावमा यसरी नै पैँचो मागेर पेट भरिरहनुपरेको छ । रुप्सीको घरबाट लगेको एक कट्टा चामललाई पाँच दिन पु-याएका प्रहरी छैँटौं दिनदेखि फेरि भोको पेट बस्नुपर्ने अवस्था आयो । उनीहरूले एक दुई दिन स्थानीयसँग भएको खोले र उवाले जेनतेन छाक टारे । त्यसपछि स्थानीय भीम रोकायालाई गुहारे ।

उनले पनि एक कट्टा चामल पैँचो दिए । उनीबाट लिएको चामल पनि सकेपछि गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले स्थानीय एक जनाबाट फेरि एक कट्टा चामल निकालेर दिए । अहिले त्यही एक कट्टा चामलको भरमा गुजारा चलाइराखेको छ सीमा प्रहरी चौकी धुली ।

यो ठाउँ अत्यन्तै विकट छ । खाद्यान्न पनि पाउन मुस्किल पर्छ । स्थानीयले खेती किसानी गरेर जेनतेन जीवन धानिरहेका छन् । तर, प्रहरीले भने लामो समयदेखि खाद्यान्न अभाव झेल्नुपरिरहेको छ । त्यसैले कैयौं रात यहाँका प्रहरी भोकभोकै बस्नुपर्ने बाध्यता छ ।

२५ साउन २०७५ । तत्कालीन प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी र तत्कालीन जिल्ला प्रहरी प्रमुख डीएसपी गणेश बम सीमा प्रहरी चौकी धुली पुगेका थिए । आफ्ना समस्या बुझ्छन् कि भनेर प्रहरीहरू निकै खुसी भए । तर, उनीहरूले आफ्ना समस्या भन्नै सकेनन् ।

२२ चैत २०७५ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसहितको टोली पनि सीमा प्रहरी चौकी धुलीको अनुगमन गर्न गयो । त्यतिबेला पनि समस्या उस्तै थियो । तर, प्रजिअले आफ्ना समस्या बुझ्नै नचाहेको प्रहरीको गुनासो छ ।

स्थानीय शिक्षक धनबहादुर विष्ट भोटे भन्छन्, ‘अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी र डीएसपीसहितको टोली आउँछन्, उनीहरू अनुगमन गरेर फर्किन्छन्, सीमामा कार्यरत प्रहरीका समस्या जस्ताको तस्तै । प्रहरीको समस्या त यस्तो छ भने हाम्रो समस्या कस्तो होला ?’

सरकारले प्रहरीलाई खाद्यान्नको सट्टा नगद दिने गरेको छ । तर, यो ठाउँमा पैसा भएर पनि खाद्यान्न किन्न सकिँदैन । जसको मारमा प्रहरी टोली छन् ।

सडक मार्गको असुविधाका कारण यहाँ सहजै खाद्यान्न नपाइएको हो । हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिदिए समस्या समाधान हुने शिक्षक धनबहादुर भन्छन् ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top