श्रमिकका अधिकार पूरा भएको छैन् ः नेता नेपाल

श्रमिकका अधिकार पूरा भएको छैन् ः नेता नेपाल

काठमाडौँ, २० वैशाख ः नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताएका छन् ।

विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई आज काठमाडौँमा सम्बोधन गदै उनले श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने बताए।

उनले ट्रेड युनियनका अधिकार सुनिश्चित नभएसम्म श्रमिक सधैँ थिचोमिचोमा परिरहने उल्लेख गरे । नेता नेपालले समाज परिवर्तन गर्न श्रमिकले नै अभियान चलाउनुपर्नेमा जोड दिए । उनले संसद्मा नेपाली महिलाको प्रतिनिधित्व भए पनि अझै ग्रामीण भेगका महिलाको पहुँच पुग्न नसकेको उल्लेख गरे ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष मज्वाइण्डाइल माइकलले संसारका श्रमिकमाथि साम्राज्यवाद र पुँजीवादबाट हस्तक्षेप भइरहेकोले त्यसको विरुद्ध लड्न आवश्यक रहेको बताए।

उनले सेमिनारले नेपालका श्रमिकको हक अधिकार स्थापित गराउन सहयोग मिल्ने विचार व्यक्त गरे । कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले नेपालका श्रमिकले वास्तविक श्रम पाउन नसकेको बताए ।

उक्त बैठकले प्रेमल खनालको संयोजकत्वमा १७ सदस्यीय महासंघको नेपाल समन्वय समिति गठन गरेको छ ।

विश्व ट्रेड युनियनय महासंघमा नेपालका पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल प्रगतिशीत ट्रेड युनियन महासंघ, नेपाल समावेशी ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन फेडरेशन, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ आवद्ध रहेका छन् ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.