बन्द हडताल स्वीकार्य हुँदैन ः वाइसिएल

२० बैशाख ७५, शुक्रबार

काठमाडौँ, २१ वैशाख ः नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपालले एकाधिकार कायम गर्न पाउनु पर्ने मागसहित यातायात बन्दमा उत्रिएका समितिको रुट परमिट खारेज गर्न माग गरेको छ ।

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले आज एक संयुक्त विज्ञप्ति प्रकाशित गरी एकाधिकार अन्त्य गर्ने सरकारको घोषणमा सहयोग गर्न आग्रह गरेका छन् ।

तीव्र आर्थिक विकास र समृद्धिको सपनासहित अघि बढिरहेको मुलुकका लागि कुनै पनि प्रकारको बन्द तथा हडताल स्वीकार्य हुन नसक्ने वाइसिएलले जनाएको छ ।

Advertisement

यातायात क्षेत्रमा सञ्चाचिल सेवा समितिको सिन्डिकेटविरुद्ध सरकारले चालेको कदम रोक्न आयोजित यातायात बन्द असफल बनाउन सबै किसिमका सवारी सञ्चालन गरेर यात्रामा सहयोग गर्न सवारी चालक तथा धनीलाई वाइसिएलले आग्रह गरेको छ ।

वाइसिएलले ग्यारेजमा थन्क्याइएका गाडी सञ्चालनमा ल्याउन र नमान्नेमाथि कारवाही गर्नसमेत सरकारसँग माग गरेको छ ।

Advertisement

आफूसँग भएका सवारी साधन परिचालन गरी स्वयंसेवा भावनाका साथ सहयोग गर्न पनि वाइसिएलले आग्रह गरेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top