ब्रिटेनको सबैभन्दा ठूलो बैंक अवैध धन सार्नमा सङ्लग्न भएको खुलासा

५ आश्विन, एजेन्सी ।
पछिल्लो एउटा खुलासा अनुसार एचएसबीसी बैंकले घोटालाबारे थाहा पाए पनि ती कार्यमा सङ्लग्न रहेकाहरूलाई विश्वभर लाखौँ डलर पठाउन दिएको उल्लेख गरिएको छ।

ब्रिटेनको सबैभन्दा ठूलो बैंकले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङ्‍कङस्थित खातामा रकम सारेको थियो। एचएसबीसीको ८ करोड अमेरिकी डलर बराबरको घोटालाको विस्तृत विवरण बैंकको सस्पिसियस एक्टीभीटी रिपोर्टस अर्थात् सन्दिग्ध गतिविधिबारे दस्ताबेजमा उल्लेख छ।

सार्वजनिक भएको उक्त गोप्य दस्तावेजलाई फीनसेन फाइल्स भनिएको छ। एचएसबीसीले भने त्यस्ता गतिविधि बारे जानकारी गराउने विषयमा सधैँ आफ्नो कर्तव्य पुरा गरेको बताएको छ। अमेरिकामा सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा बैंकलाई १.९ अर्व अमेरिकी डलर जरिवाना गरिए लगत्तै पछिल्लो घोटालासम्बन्धी गतिविधि सुरु भएको बताइएको छ।

Advertisement

बैंकले यस्ता अभ्यासहरूलाई रोक्ने प्रतिज्ञा गरेको थियो। घोटालामा ठगिएकाहरूका वकिलहरूले त्यस्ता खाता बन्द गर्न बैंकले समयमै पहल गर्नुपर्ने थियो भनेका छन्।

फिनसेन फाइल्स के हुन ?

Advertisement

फिन्सेन फाइल्स २,६५७ दस्तावेजबारे खुलासा हो जसमा २,१०० शङ्कास्पद गतिविधि वा सस्पिसियस एक्टीभीटी रिपोर्टस उल्लेख छ। सस्पिसियस एक्टीभीटी रिपोर्टस आफैमा गलत कार्यको प्रमाण भने होइन। बैंकहरूले आफ्ना ग्राहकबारे शङ्का गरेको खण्डमा ती दस्तावेज नियमनकारी निकायहरूलाई पठाउने गर्छन्।

कानुन अनुसार उनीहरूले आफ्ना ग्राहक को हुन भन्ने विषयमा जानकार हुनुपर्छ। बैंकले सस्पिसियस एक्टीभीटी रिपोर्टस पेस गरे भन्दैमा ग्राहकहरूबाट कालो धन लिन भने पाउँदैनन्। उनीहरूसँग आपराधिक गतिविधिबारे प्रमाण भए रकम कारोबारमा रोक लगाउनुपर्ने हुन्छ।

उक्त खुलासाले विश्वका सबैभन्दा ठूला केही बैंकहरूबाट कसरी सम्पत्ति शुद्धीकरण गरिएको थियो र अपराधीहरूले रकम लुकाउन कसरी गुमनाम ब्रिटिस कम्पनीहरूको प्रयोग गरेका थिए भन्ने कुरा देखाएको छ। ती दस्ताबेज बजफीड् वेबसाइटलाई दिइएको थियो।

त्यस्तै खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरन्याशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे)सँग पनि सस्पिसियस एक्टीभीटी रिपोर्टस बाँढिएको थियो।(बीबीसी)

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top