आईपीएल : चेन्नईलाई १६ रनले हराउँदै राजस्थानको विजयी सुरुवात

७ असोज, एजेन्सी ।
चेन्नई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरुवात गरेको छ । मंगलबार राती शारजाहमा भएको खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले पहिलो खेलमा जित हासिल गरेको हो ।

जितका लागि २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रनमात्र जोड्न सफल रहयो । राम्रो सुरुवात पाएपनि मध्यक्रममा राम्रो साझेदारी बन्न नसक्दा टोलीले हार बेहोर्नुपर्यो । राजस्थानले स्पिनरलाई आक्रमणमा ल्याएपछी सुरु भएको चेन्नईको विकेट पतन लगातार जारि रहेको थियो । फाफ डु प्लेसिसले एकतर्फ इनिङ सम्हालेपनि राम्रो साथ पाउन सकेनन् ।

मुरली विजय र सेन वाटसनले पहिलो विकेटका लागि ६।४ ओभरमा ५६ रनको सझेदारी गरेका थिए । वाटसनलाई लेग स्पिनर टेवाटियाले बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए । वाटसन्ले २१ बलमा १ चौका र ४ छक्कासहित ३३ रन जोडे । अर्को ओभरमा वीजय पनि २१ बलमा २१ रन जोड्दै श्रेयस गोपालको बलमा टम करनबाट समातिए ।

Advertisement

ब्याटिङ क्रममा माथि आएका साम करनले ६ बलमा १ चौका र २ छक्कासहित १७ रन जोडेपनि उनी टेवाटियाको बलमा स्टम्पिङ आउट भए । लगत्तै अर्को बलमा पहिलो खेल खेलिरहेका रुतुराज गाइक्वाद पनि स्टम्पिङ हुन पुगे । १४ औं ओभरमा केदार जाधव २२ रनमा कट बिहाइन्ड भएपछि चेन्नई ११४–५ को अवस्थामा पुगेको थियो । जाधवले १६ बलको सामना गर्दै ३ चौका प्रहार गरे ।

Advertisement

डु प्लेसिसले आक्रामक ब्याटिङ गरेपनि अर्कोतर्फ साथ नपाउँदा १९ औं ओभरमा आउट भए । लामो सट खेल्ने धुनमा जोफ्रा आर्चरको बलमा कट बिहाइन्ड भए । उनले ३७ बलमा १ चौका र ७ छक्कासहित ७२ रन जोडे ।

धोनीले १७ बलमा नटआउट २९ रन जोडेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । उनले १७ बलको सामना गर्दै ३ छक्का प्रहार गरे । रविन्द्र जडेजा १ रनमा नटआउट रहे । राजस्थानका लागि टेवाटियाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । आर्चर, गोपाल र करनले १–१ विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १६ रन बनायो । राजस्थानलाई विशाल योगफलमा पुर्याउन सञ्जु स्यामसन र स्टिभ स्मिथले उत्कृष्ट ब्याटिङ गरे । युवा ब्याट्सम्यान सञ्जु स्यामसनले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ९ छक्का र १ चौका सहित ७४ रनमा क्याच आउट हुन पुगे ।

स्यामसनले मात्र १९ बलमा अर्ध शतक पूरा गरेका थिए । स्याम्सनलाई १२ औं ओभरको चौथो बलमा लुन्गी एनगिडीले दीपक चहरबाट क्याच आउट गराएपछि शतक बनाउन चुकेका थिए । त्यस्तै ओपनर तथा कप्तान स्टिभ स्मिथ ४७ बलमा ४ चौका र ४ छक्का सहित ६९ रनमा क्याच आउट भए । स्मिथलाई १९ औं ओभरको दोस्रो बलमा साम करनले केदार जाधवबाट क्याच आउट गराए ।

ओपनर यशस्वी जैसवाललाई दीपक चहरले तेस्रो ओभरको दोस्रो बलमा ६ रनमा कट एण्ड बोल्ड आउट गरे । त्यसपछि दोस्रो विकेटका लागि कप्तान स्मिथ र स्यामसनले १ सय २१ रनको उत्क्ृष्ट साझेदारी गर्दै विशाल योगफलमा पुर्याए । १२ औं ओभरको अन्तिम बलमा डेभिड मिलर शून्यमा रन आउट भए ।

१५ औं ओभरको पहिलो बलमा रोबिन उथप्पालाई पियुष चवलाले फाफ डु प्लेसिसबाट ६ रनमा क्याच आउट भए । साम करनले राहुल तेवतिया १० र रियान पराग ६ रनमा आउट गरे । जोफ्रा आर्चर ८ बलमा ४ छक्का सहित २७ रनमा अविजित रहे । टम करन ९ बलमा १ चौका सहित १० रनमा अविजित रहे ।

पियुष चवलाले ४ ओभरमा ५५ रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ४ ओभरमा ४० रन खर्चिए । दीपक चहरले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । साम करनले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए ।

चेन्नईले आफ्नो तेस्रो खेलमा शुक्रबार दिल्ली क्यापिटल्सको सामना गर्नेछ भने राजस्थानले आइतबार किंग्स इलेभेन पन्जाबसंग खेल्नेछ ।

Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top