यो वर्षको मनसुनी विपदमा ३०७ को मृत्यु,२१४ घाइते, एकसय बेपत्ता

काठमाडौँ : मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लाको गरी ३०७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय नेपाल विपद व्यवस्थापन पोर्टलका अनुसार, २०७७ जेठ ३० गतेदेखि असोज ५ गतेसम्मको अवधिमा यतिको मानवीय क्षति भएको हो । ती जिल्लाहरूमा बाढीपहिरो र डुबानका ५२८ वटा घटना भएका छन् ।

बाढीले बगाएर तथा पहिरोमा पुरिँदा अझै पनि एकसय जना बेपत्ता छन् । २१४ जना घाइते भएका छन् । बेपत्ता नागरिकको खोजी जारी नै रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, एकहजार १७८ घरपरिवार प्रभावित हुनका साथै ५३५ वटा घरमा पूर्ण र १०५ घरमा आंशिक क्षति पुगेको छ । १०५ गोठ भत्किँदा ६१५ चौपायाको मृत्यु भएको छ ।

Advertisement

विपद व्यवस्थापन पोर्टलका सूचना अधिकारी सिर्जना श्रेष्ठले विभिन्न विपदबाट करिब आठ करोड ८३ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।

उहाँका अनुसार, सिन्धुपाल्चोकमा बाढीपहिरोमात्र १८ स्थानमा गएको छ । ३८ पुरुष र ३३ महिला गरी ७१ जनाको ज्यान गएको छ । ३८ जना बेपत्ताको अवस्थामा छन् । १३१ घर परिवार विस्थापित भएका छन् ।

Advertisement

त्यस्तै, कालिकोट ३९, बाग्लुङ्ग ३३, म्याग्दीमा २९, पर्वतमा १०, तनहुँ १३, कास्की ११, जाजरकोट ११, गुल्मी १०, बझाङ नौ, अछाम नौ, दार्चुला सात, लमजुङ चार, धादिङ पाँच, स्याङजा पाँच, पाल्पा पाँच, रुकुम पश्चिम पाँच, गोरखा र काठमाडौँमा तीन–तीन, बैतडी, सुर्खेत, दैलेख, दाङ, रोल्पा, झापा र ताप्लेजुङमा दुई–दुईजनाको मृत्यु भएको छ । मोरङ, सुनसरी, मकवानपुर,सल्यान र मुस्ताङ एक–एकजनाको मृत्यु भएको छ ।

मनसुन अझैँ सक्रिय रहेकाले बाढी र पहिरोबाट हुन सक्ने जोखिम अmभैँ टरिनसकेको राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल पोखरेलको भनाइ छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top