राष्ट्रसंघमा कश्मीर मुद्दाः टर्की र भारतबीच जुहारी

७ आश्विन, एजेन्सी ।

एक दिनअघि मात्रै पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले राष्ट्रसंघको ७५ औं वर्षगाँठका अवसरमा आफ्नो भाषणमा कश्मीरको मुद्दा उठाएका थिए।

मंगलबार पुन टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्डोगानले कश्मीर मुद्दालाई संयुक्त राष्ट्रसंघमा अगाडी सारेका छन् । टर्कीका राष्ट्रपति एर्डोगानले मंगलवार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा भारतका कारण कश्मीर मुद्दा जटिल बनेको बताए। ‘कश्मीर संघर्ष दक्षिण एसियामा शान्ति र स्थिरताका सन्दर्भमा निकै महत्वपूर्ण छ।

Advertisement

यो अहिले पनि एक ज्वलन्त मुद्दा हो। जम्मू–कश्मीरको विशेष दर्जा अन्त्य गरेपछि स्थिति अझै जटिल बनेको छ, उनले भने। कश्मीरका नागरिकको चाहनाअनुसार वार्ताबाटै समस्या समाधान गर्नुपर्ने उनको भनाई थियो। ‘हामीहरु कश्मीर मुद्दाको समाधान सम्वाद, राष्ट्रसंघको प्रस्ताव र कश्मीरका नागरिकको चाहनाको आधारमा गर्नुपर्ने पक्षमा छौं, राष्ट्रपति एर्डोगानले भने।

टर्कीका राष्ट्रपतिको यो सम्बोधनमा भारतले कडा आपत्ति जनाएको छ। राष्ट्रसंघमा भारतका प्रतिनिधि टिएस त्रिमूर्तिले यसलाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप भनेका छन्। भारतको केन्द्र शासित प्रदेश जम्मू(कश्मीरमाथि राष्ट्रपति एर्डोगानको टिप्पणी भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो।

Advertisement

यो भारतका लागि पूर्ण रुपमा अस्वीकार्य छ। टर्कीले अर्को देशको सम्प्रभुताको सम्मान गर्न सिक्नुपर्छ, त्रिमूर्तिले भनेका छन्। भारतले गत वर्ष ५ अगस्टमा धारा ३७० खारेज गर्दै जम्मू–कश्मीरको विशेष दर्जा अन्त्य गरेर केन्द्र शासित दुई प्रदेशमा विभाजन गरेको थियो। जसको पाकिस्तानसहित टर्कीले पनि विरोध गरेको थियो।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top