विद्युतको मर्मत गर्ने क्रममा सुपरभाईजरको करेन्ट लागेर मृत्यु

६ असोज ७७, बुधबार

७ असोज, ओखलढुंगा ।
ओखलढुंगामा विद्युत प्राधिकरणका एक सुपरभाईजरको करेन्ट लागेर मृत्यु भएको छ । सिद्धिचरण १२ सिमलडाँडा मोलुङ १ कुन्तादेबी बस्ने २८ बर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको हो ।

Advertisement

मृतक खत्री मोलुङ खोला हाईड्रोपावर टान्समिसन लाईनको सुपरभाईजर रहेको खुल्न आएको छ । बुधबार बिहान पौने ११ बजे सिमलडाँडा स्थित बिजुली सप्लाईको मेन्टिनेन्सको लागि जम्पर छुटाउन बिजुलीको पोलमा चढेको अबस्थामा बिद्युत सट हुँदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर पोलमै अड्किएको अवस्थामा उनलाई उद्धार गरी उपचारार्थ सामुदायिक मिसन अस्पताल ओखलढुंगा लगिएकोमा चिकित्सकले खत्रीको मृत्यु भईसकेको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top