×

NEPAL TIMES UPDATES

Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026

त्रिवि सिनेट बैठक स्थगित

२३ बैशाख २०७५

काठमाडौँ, २३ वैशाख (रासस) ः त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण बैठक स्थगन भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले जानकारी दिए।

Advertisement
Advertisement

शनिबार प्रधानमन्त्रीलाई बैठकबारे जानकारी गराउन जाँदा उनको स्वास्थ्यावस्था राम्रो नभएका कारण लामो समय कुरेर पनि भेट गर्न नसकिएको उनले बताए । उनले भने, “यो बैठक कुलपतिले बोलाएको हो, उहाँले शिक्षा मन्त्रीमार्फत सभा बैठक स्थगन गर्न भन्नुभयो, मैले बैठक स्थगन गरेँ ।” उपकुलपति खनियाँले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग छलफल गरेर अर्को बैठक बोलाइने जानकारी दिए।

त्रिविको आजको बैठकमा पुराना नियमलाई संशोधन तथा खारेज गर्ने जस्ता कार्यसूची थिए । उपकुलपति खनियाँका अनुसार प्राध्यापक, कर्मचारी र विद्यार्थीका मागलाई सम्बोधन गर्नुपर्ने लगायत सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाका विषयमा निर्णय गर्ने तयारी गरिएको थियो । शनिबार त्रिविको प्रि–सिनेट बसेर सिनेट बैठकका कार्यसूची तय गरिएको थियो । प्रतिवर्ष सिनेट बैठक दुई पटक बस्ने गर्छ ।

त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले शिक्षामन्त्रीमार्फत प्रधानमन्त्रीले बैठक स्थगन गरेको बताए । उनले भने, “अन्तिममा आएर सिनेट बैठक स्थगन हुँदा दुःख लागेको छ ।”
सिनेटको कार्यसूची प्रष्ट भएन ः प्रेस सल्लाहकार
प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्रीको स्वास्थ्यका कारण सिनेट बैठक स्थगन भएको भन्ने भनाइको खण्डन गरेको छ ।
प्रधामन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको बताउँदै भने, “प्रधानमन्त्री शनिबार दुई वटा कार्यक्रममा सहभागी हुनुभएको थियो भने आज बिहानैदेखि विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।”

डा अर्यालले सिनेट बैठकमा लैजान लागिएका कार्यसूची नै स्पष्ट नभएपछि प्रधानमन्त्री त्यहाँ सहभागी नहुनु भएको जानकारी दिए। उनले प्रधानमन्त्रीको स्वास्थ्यलाई देखाएर विषयवस्तु अन्यत्र मोड्न खोजिएको आरोप पनि लगाए ।

आंशिक शिक्षकद्वारा धर्ना

त्रिविअन्तर्गतका विभिन्न क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकले सेवा स्थायी गर्न माग गर्दै आज कीर्तिपुरमा धर्ना दिएका छन् ।

लामो समयदेखि सेवा गरिरहे पनि आफूहरुकको स्तरोन्नति हुन नसकेको जनाउँदै उनीहरुले आज त्रिविसभा बैठक बस्ने सूचना पाएपछि त्यस आसपासका क्षेत्रमा विरोधका कार्यक्रम गरेका हुन् ।
रासस

Advertisement

 

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top