वीर अस्पतालको सफाइ अभियानः मन्त्रि पनि सहभागी

२२ बैशाख ७५, आइतबार

काठमाडौँ, २३ वैशाख ः शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पतालमा आजदेखि सफाइ अभियान चलेको छ ।

जताततै फोहोर र गन्हाउने अस्पतालका रुपमा चिनिएको अस्पतालमा करिब सयभन्दा शौचालय भए पनि प्रयोग गर्न सकिने स्थिति छैन । राति फोहोरले भरिएका ती शौचालयबाट बाहिरसम्म फोहोर बगिरहने हँुदा गन्हाएर हिँड्नै नसकिने अवस्था छ । हरेक दिन एक ट्रकभन्दा बढी फोहर अस्पतालबाट निस्कन्छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइयुक्त बनाउन जेठो अस्पतालबाटै एकमहीने अभियान शुरुआत गर्दै भनिन्,‘‘सबै सरकारी अस्पताल आफ्नै सम्पत्ति हो भन्ने सोचेर अभियानमा लागौंँ, शुरु हामीबाटै गर्ने हो, अबको एक महिनामा साँच्चै महसुस गर्नेछौँ ।’’

एक सय २८ वर्ष पुरानो अस्पतालको बाहिरी भाग सफाइ गर्दै आन्तरिक सफाइ पनि जरुरी भएको उनको भनाइ छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा गणेशबहादुर गुरुङले अस्पताल राजधानीको मुटुमै भएकाले हरेक दिन ठूलो संख्याको मानिसको आवागमन हुने भएकाले सफाइमा चुनौती भए पनि सफा गर्ने लक्ष्य पूरा गरिने प्रतिबद्धता व्यक्त गरे।

अस्पतालका निर्देशक प्रा डा भूपेन्द्र बस्नेतले पछिल्लो समयमा अस्पतालमा धेरै सुधार भइरहेकाले बिरामीले सहज सेवा पाइरहेको उल्लेख गर्दै अस्पतालको पूर्वाधार, रंगरोगन र सरसफाइसँगै आवश्यक उपकरणलगायत प्रविधिसमेत थपिँदै गएका कारण मुहार फेरिँदै गएको बताए।

पुराना संरचनाका भएको अस्पतालका धेरै स्थानमा घिनलाग्दा कक्ष, भ¥याङ, भूइँ र भित्ता तथा प्राङ्गणको फोहोरले बिरामीसँगै गएका कुरुवा आफ्न्त पनि बिरामी हुने अवस्था छ । अस्पतालमा खटिने १५० सरसफाइ कर्मचारीले हरेक दिन सरसफाइ गरिरहे पनि अपेक्षित नतिजा देखिएको छैन ।

देशका कुनाकाप्चाबाट उपचार गराएर स्वस्थ हुने विश्वासका साथ दैनिक तीन हजार बिरामी अस्पतालमा आइपुग्छन् । हरेक दिन कुनै न कुनै काम लिएर पाँच हजार बढी मानिस वीर अस्पताल आवतजावत गर्ने गर्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विकासोन्मुख देशमा भर्ना भएका सय बिरामीमध्ये १० जना संक्रमणका कारण मृत्युको मुखमा पर्छन् भने विकसित देशमा सयमध्ये सातभन्दा कम व्यक्तिको संक्रमणका कारण मृत्यु हुन्छ ।

चौबीस वर्षदेखि अस्पतालको सुरक्षाका निम्ति खटिरहेका चौकीदार राजाराम आचार्यले पहिले अस्पतालमा छिर्नासाथ दुर्गन्धले आक्रमण गर्ने भए पनि अहिले यो समस्या कम हुँदै गएको बताए।

मन्त्रालयले अस्पताल र ट्रमा सेन्टरको १५÷१५ दिनको सफाइ अभियान चलाउन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ क्षेत्र सफा गरेको खेम्स क्लिनिङसँग सहकार्य गरेको छ । भने नेपाल सरकारका सरसफाइदूत सीताराम कट्टेल पनि अभियानमा छन् ।

अष्ट्रेलियाबाट नेपाल आएका खेम्स क्लिनिङका खेम शर्माका १५ स्वयम्सेवकसहित अस्पतालका १० सरसफाइ कर्मचारी पनि सफाइमा जुटेका छन् ।

शर्माले भने,‘‘हामी वैज्ञानिक रुपमा गरिने सफाइबारे वीर अस्पतालमा कार्यरत कर्मचारीलाई सिकाउने छौँ ।’’ सरसफाइदूत कट्टेलले वीर अस्पतालमा भएको सफाइ अभियानले देशभर तरङ्ग ल्याउने बताए । उनले सबैले आ–आफ्नो दायित्वबोध गर्न सक्ने हो भने हरेक अस्पताल सफा र स्वच्छ हुने धारणा राखे ।

रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top