अनशनरत डा. गाेविन्द केसीको स्वाब संकलन

८ असोज ७७, बिहीबार

८ असोज, काठमाडौँ ।
डा. गोविन्द केसीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै ११ दिनदेखि अनशनरत केसीको बिहीबार स्वाब संकलन गरिएको हो ।

Advertisement

डा केसीको स्वाबको नतिजा शुक्रबारसम्ममा प्राप्त हुने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । ट्रमा सेन्टरबाट मंगलबार त्रिवि शिक्षण अस्पताल पुगेका केसीले जनरल वार्डमै रहेर अनशनलाई निरन्तरता दिएका छन् ।

जुम्लाको चन्दननाथ नगरपालिकाको एक मन्दिरबाट केसीले यही भदौ २९ गते १९ औं अनशन सुरु गरेका थिए । उनको स्वास्थ्यलाई ध्यान दिँदै प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको थियो ।

Advertisement

उनी जुम्लाबाट सोमबार नेपालगन्ज र मंगलबार काठमाडौं आएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top