NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

घाँस न पात तर गाईबाट मासिक एक लाख

आइतवार बैशाख २३ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
घाँस न पात तर गाईबाट मासिक एक लाख
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

पोखरा, २३ वैशाखः झट्ट सुन्दा जो कोहीलाई पनि अचम्म लाग्छ की घाँस, कुडोलागयत केही पनि खुवाउन नपर्ने र भकारो समेत सोर्न नपर्ने गाईबाट मासिक रु एक लाख आम्दानी हुने गरेको छ ।

यहाँको मुख्य पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा रहेको यन्त्रजडित गाईबाट मासिक रु एक लाख आम्दानी हुँदै आएको छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको गुप्तेश्वर गुफामा राखिएको यान्त्रिक गाई गुफाको निरन्तर राम्रो आम्दानीको स्रोत बन्दै आएको हो ।

गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार कामधेनु गाईगोठमा अवस्थित यन्त्र जडित गाईको नजिकै रहेको सानो प्वालमा गुच्चा राखेपछि चारवटै थुनबाट दूध आउने र सो दूध सिधैँ शिवलिङ्गमा चढाउने व्यवस्था गरिएका कारण गाई गुफाको थप आम्दानीको स्रोत बनेको हो ।

Advertisement

गुफाको प्रदेशद्वारमै रहेको कामधेनु गाई गोठमा रहेको प्वालमा गुच्चा राख्न चाहने प्रत्येक दर्शकले प्रति गुच्चा रु १० मा खरिद गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । विसं २०६४ मा रु एक लाख ५७ हजार १९८ खर्चेर निर्माण गरिएको सो गाईले १० वर्षको अवधिमा रु ६१ लाख ९४ हजार ९१०आम्दानी गरेको उनी बताउँछन् ।

दश वर्षको अवधिमा लगभग रु छ लाख १९ हजार ४९१ जनाले टिकट काटेर गाईको दर्शन र प्रविधिको अध्ययन अवलोकन गर्ने क्रमसँगै उक्त यान्त्रिक गाई गुफाको आम्दानीको स्रोत बनेको हो ।

स्थापनाको पहिलो वर्षमै रु एक लाख ७५ हजार ९९०, दोस्रो वर्षमा रु दुई लाख २१ हजार ४१०, तेस्रो वर्षमा रु दुई लाख ७१ हजार ११०, चांैथो वर्षमा रु चार लाख ९१ हजार ४८०, पाँचांै वर्षमा रु पाँच लाख ५९ हजार २०० , छैटौं वर्षमा रु छ लाख ३८ हाजर २२०, सातांै वर्षमा रु सात लाख ४२ हजार ९३०, आठांै वर्षमा रु सात लाख २३ हजार २५०, नवौं वर्षमा रु पाँच लाख १८ हजार १०० र यसवर्ष रु ११ लाख ६९ हजार ४९० आम्दानी भएको छ ।

गुफा अवलोकनका लागि व्यवस्था गरिएका विभिन्न पाँच प्रकारका टिकट काटेर गुफामा प्रवेश गर्दा आर्थिक वर्ष २०७३÷७४ मा कूल दुई रु करोड २० लाख ९९ हजार १३५ आम्दानी भएको गुफा व्यवस्थापन समितिका कोषाध्यक्ष ऋषिराम बरालको भनाइ छ । कामधेनु गाईको लागि भने भित्र प्रवेश गरेपछि छुट्टै टिकटको व्यवस्था गरिएको छ ।

उनका अनुसार टिकट बिक्री एवं यान्त्रिक गाईका अलावा गुफाले दानपात्रबाट रु १२ लाख ११ हजार ९८७, सहयोग रसिदबाट रु ४९ हजार ६०९, सदस्यता रसिदबाट रु २८ हजार, विविध आम्दानी रु ३१ हजार ७०, बैंक ब्याजबाट रु १० लाख ३६ हजार २१४ गरी कूल दुई करोड ५६ लाख २५ हजार ४९६ आम्दानी गरेको छ ।

गुफामा स्वदेशी तथा विदेशी पर्यटकका साथै विद्यार्थीको आकर्षण दिन प्रतिदिन बढ्दै गएको भए पनि विशेष गरेर धार्मिक परम्परा अनुसारका साउन महिनाको सोमबार, शिवरात्रि, मङ्गलचौंथी, हरिबोधनी एकादशी, ऋषि तर्पणी, ऋषि पञ्चमी, बालाचतुर्दशी लगायतका विभिन्न पर्वमा दर्शनार्थीको घुइँचो लाग्ने हुँदा गाईको समेत आम्दानी बढी हुने गरेको गुफा व्यवस्थापन समितिका सचिव देवीबहादुर थापा जानकारी दिन्छन्।

“परिसरको प्राकृतिक स्वरुप र सौन्दर्यलाई कायम राख्दै गुफाको प्रवेशद्वार बाहिरको भागमा निर्माण गरिएका सिँढी र विभिन्न देवदेवताका मूर्तिले गुफाको आकर्षण बढाएको छ,” – उनी भन्छन् ।

गुफाको मन्दिरदेखि पातले छाँगोको दृश्यावलोकन गर्ने स्थानसम्म लगभग ६५ मिटर टनेल रु एक करोड सात लाखको लागतमा निर्माण अन्तिम चरणमा पुगेको छ । गुफामाथि बढ्दो सवारी साधन र भौतिक संरचनाका कारण सम्भावित जोखिमी रोक्न टनेल निर्माण गरिएको हो ।टनेल निर्माणसँगै गुफाको संरक्षण र दर्शनार्थी सुरक्षित हुने विश्वास लिइएको छ ।

गुप्तेश्वर गुफा मन्दिरसम्म जान सर्वसाधारणलाई रु ३५ र विद्यार्थीलाई रु २५ तथा विदेशीका लागि रु ५० निर्धारण गरिएको छ । त्यस्तै मन्दिरबाट अझभित्र टनेल हुँदै पातले छाँगो दृश्यावलोकन गर्नका लागि विदेशीलाई रु १०० र नेपालीलाई रु ५० तथा विद्यार्थीलाई रु ३५ को टिकट दस्तुर तोकिएको गुप्तेश्वर गुफा व्यवस्थापन कार्यालय प्रमुख नारायण पौडेल बताउँछन् ।

उनका अनुसार गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस समेत सञ्चालन गरिएकोछ । जुन क्याम्पसमा अध्ययनरत छात्रको तुलनामा छात्राको संख्या निकै बढी छ ।
रासस

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.