कविता – दुःख

८ असोज ७७, शुक्रबार

आँखा भरी आसु तपतप,
पसीना बगी रहेछन्।
पैताला भरी फोडाहरु ,
हातमा छाला खुइलिदै छन्।

Advertisement

फेरि पनि कर्मथलो ,
काम त मैले गरेको छु।
महामारीको बीचमा पनि,
मृत्यूसँग लडेको छु।

आँशु पुछ्ने कोई भएन,
पसिनाले बगाई रहेछ।
मनको कुरा मनमा राखी ,
बालुवा बीचमा बाँची रहेछु ।

Advertisement

कहिले होला आकाशको ,
कालो बादल फाटी जाने।
बिहानीको उज्यालोमा,
मेरो जीवन आईपुग्ने।

आशाका किरणहरू ,
मनभित्र साँचेको छु।
आफनो देशको अटुट माया,
मुटु भरि राखेको छु ।

Advertisement

लेखक : नारायण कोइराला
तानसेन,पाल्पा
हाल यूएई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top